शुक्रबार, बैशाख १४, २०८१

डेरी उद्योग संघको दादागिरी एक हप्ता मै चकनाचुर

काठमाडौं । नेपालको दुग्ध क्षेत्रमा आफूहरुलाई ‘डन’ सम्झने डेरी उद्योग संघको दादागिरी एक हप्ता मै चकनाचुर भएको छ । अघिल्लो साता एकलौटी ढंगले दूध मूल्य बृद्धि गरेर आफूलाई दुग्ध क्षेत्रकै डन जस्तै गरेका थिए । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध सहकारी संस्थाहरु समेतको सहमतिमा दुई दुई वर्षमा दूधमो मूल्य समायोजन गर्ने परम्परालाई लत्याउँदै जर्वजस्ती डेरी उद्योग संघ मातहत रहेको आफूलाई ठूला डेरीका रुपमा प्रस्तुत गर्ने मालिकहरु मिलेर दूधको भाउ बढाएका थिए ।

दूधको भाउ बढाएको एक साता पनि नवित्दै सरकारकोको कारण देखाए आफूले बढाएको दूध मूल्य फिर्ता गरेको छ । डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले विज्ञप्ति मार्फत आफूहरुले बढाएको मूल्य फिर्ता लिएको जनाएका छन् ।

डेरी क्षेत्रलाई सम्वेदनशील क्षेत्रका रुपमा कोभिडका समय सरकारले स्वीकार गरिसकेको अवस्थामा सम्वेदनशील क्षेत्र आधादर्जन व्यक्तिको पेवा जस्तै गरी मन लागेका बढाउने मन लागे घटाउने गर्न कुन कानूनले छुट दिएको छ ?

दुग्ध उत्पादन गर्ने किसानहरुले उचित मूल्य नपाईरहेको अवस्थामा किसानहरुलाई दूध रकम नदिई उधारोमा ल्याउने तर आफू भने उपभोक्ताको ढाड सेकिने गरी मूल्य बृद्धि गर्न तम्सिएका डेरी उद्योग संघमा आवद्ध डेरीले उत्पादन गरी उपभोक्ता माफ विक्री वितरण गर्दै आईरहेको दूधको गुणस्तर चेक गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग डराईरहेको छ ।

विगतदेखि नै डेरी उद्योगहरुले उत्पादन गरेको दूधको गुणस्तरमाथि प्रश्न उठ्दै आईरहेको भएपनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मतिना वैद्य लगायत उच्च कर्मचारीहरु आर्थिक प्रभावमा परी डेरी उद्योगसँग मिलेमतो गरेकै कारण उपभोक्ताहरुले गुणस्तरहीन दूधको प्रयोग गर्नु पर्ने वाध्यता रहेको छ ।

प्रकाशित मिति: मङ्लबार, पुस १९, २०७९