हेटौँडा । बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी मन्त्रालयले विदेशबाट गाई ल्याउने किसानलाई हवाई भाडा अनुदान दिने कार्यविधि तयार पारेको छ । मन्त्रालयले विदेशबाट हवाई मार्फत गाई ल्याउने किसानहरुलाई एक लाख रुपैयाँ बराबरको अनुदान दिने गरी कार्यविधि तयार परेको हो ।
प्रदेशको मन्त्रालयले ‘उन्नत गाई आयातमा ढुवानी अनुदान कार्यक्रम सञ्चालन प्रक्रिया–२०७९’ कार्यविधी स्वीकृत गर्दै अनुदानमा गाई ल्याउनका लागि सहज बनाउन किसानहरुलाई अनुदान दिन लागेको हो ।
कार्यविधिमा अनुदान प्राप्त गर्नको लागि गाई आयतकर्ताले गाई आयत गरेको देश, संख्या,गाईको जात, खरिद गरेको प्रमाण, ढुवानीको टिकट, विल, बैंक कारोबारको प्रतिलिपि, सम्झौता अनुसारको कागजात सहित भुक्तानीको लागि निवेदन पेश गर्नुपर्ने हुन्छ ।
कार्यविधी हेर्नका लागि तल क्लिक गर्नुहाेस्
Add Comment