शनिबार, बैशाख १५, २०८१

मुक्तिनाथ कृषि कम्पनीका नाममा किसान लुटिने खतरा बढ्दै

काठमाडौं । मुक्तिनाथ विकास बैकसँगको सहकार्य सञ्चालन भएको भनिएको मुक्तिनाथ कृषि कम्पनीबाट नेपाली किसान लुटिने खतरा बढ्दै गईरहेको छ । करोडौं घाटा भएर पनि कम्पनीलाई नाफामा देखाएर सर्वसाधारण किसानहरुलाई कम्पनीको शेयर बाँडफाँड गर्न स्वीकृतिका लागि मुक्तिनाथ कृषि कम्पनी यतिखेर विभिन्न सस्तो प्रचार प्रसारमा जुटेको छ ।

अघिल्लो वर्ष कृषि सामग्री कम्पनीका लागि मल आयात गर्ने स्वदेशी कम्पनीका रुपमा टेण्डर समेत हालेको मुक्तिनाथ कृषि कम्पनीले मल आयात गर्न सकेन । जसका कारण कृषि सामग्री कम्पनीले मुक्तिनाथ कृषि कम्पनीको करीव ८ करोड रुपैयाँ जफत गरेको थियो ।

कृषि सामग्री कम्पनीसँग सम्झौता गरेर रासायनिक मल आयात गर्न नसकेको मुक्तिनाथ कम्पनीले आफ्नो ८ करोड रुपैयाँ जफत हुनबाट बचाउनका लागि सर्वोच्च अदालतमा रिट निवेदन समेत हालेको छ । कृषि सामग्री कम्पनीका अनुसार सो मुद्धा अहिलेसम्म पनि विचारधिन अवस्थामा नै रहेको छ ।

यतिखेर भने मुक्रिनाथ कम्पनीले मुक्तिनाथ कै नामबाट विभिन्न ८ वटा कम्पनी सार्वजनिक गरेको छ । यी कम्पनीबाट किसानहरु ठगिने खतरा बढ्दै गईरहेको कृषि विज्ञहरु बताउँछन् ।

मुक्तिनाथ कृषि कम्पनीले सार्वजनिक गरेको मुक्तिनाथ फर्टिलाईजर बैक भनेको के हो ? के यो मल सुरक्षित राख्ने ठाउँ हो ? किसानलाई आवश्यक अनुदानको रासायनिक मल ठेक्का पाएर त ल्याउन नसक्ने कम्पनीले फर्टिलाईजर बैकको नामबाट किसान ठग्ने प्रपञ्च गरिरहेको सोही कम्पनीमा कार्यरत कर्मचारीहरु नै बताउँछन् ।

नाम नखुल्ने शर्तमा ती कर्मचारीले भने मुक्तिनाथ कृषि कम्पनी मातहत भनि सार्वजनिक गरिएका फर्टिलाईजर वैकदेखि लाइभस्टक वैकले के गर्ने भन्ने अध्यक्षलाई नै थाहा छैन कसरी चल्छ कम्पनी । यो त शेयर खोल्ने र जनताको रकम संकलन गर्ने प्रमुख उपाय मात्र भएको उनको आरोप पनि छ ।

हुन पनि मुक्तिनाथ कम्पनीले अहिले जे जे काम गरिरहेको छ प्राय कानून सम्मत काम गरेको भने देखिँदैन । किसानहरुले उत्पादन गरेका सामग्रीहरुलाई मुक्तिनाथको ब्राण्ड गरे विक्री गर्ने विचौलियाको काम बाहेक केही पन िगर्न सकेको छैन ।
त्यसैले पनि किसान र कृषिकर्मीहरु मुक्तिनाथले बैकका नाममा सार्वजनिक गरेको ८ वटा कम्पनीका विषयमा अध्ययन गरेर मात्र लगानी वा शेयर हाल्न सुझाव समेत दिइएको छ ।

प्रकाशित मिति: मङ्लबार, भदौ १४, २०७९