बिहिबार, बैशाख १३, २०८१

रासायनिक मल नल्याउने देश ट्रेडिङ्गको १० करोड जफत गर्न पाटन उच्च अदालतको आदेश

काठमाडौं । बर्षौदेखि किसानहरु रासायनिक मलको अभाव खेपिरहेका छन् । कृषि तथा तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेका कृषि सामग्री कम्पनी मार्फत टेण्डर प्रक्रियामा रासायनिक मल ल्याउनेका लागि प्रतिष्पर्धा उत्रिएका कम्पनी सम्झौता पश्चात मल नल्याउने गरेका कारण पनि किसानहरु यसको प्रत्यक्ष मारमा पर्ने गरेका छन् । जसका कारण हरेक वर्ष मलको अभाव सिर्जना हुने गरेको छ । मलको अभावलाई परिपूर्ति गर्नका लागि अहिले निजी क्षेत्रले मल आयात नगरेपछि सरकारले जिटुजी मार्फत ल्याउने प्रयास पनि गरिरहेको छ ।

यद्यपी मल आयात गर्नका लागि टेण्डर हाल्ने र सम्झौता गरेर मल नल्याउने कम्पनी विरुद्ध धरौटी जफतका लागि कृषि सामग्री कम्पनीले प्रक्रिया थाल्न नपाउँदै अदालतमा रिट दायर गर्न पुग्ने कम्पनीका कारण पनि रासायनिक मल अभाव बर्षौदेखि भईरहेको हो भन्न सकिन्छ ।

यतिखेर मल नल्याएर आफ्नो धरौटी जफत नगर्न भन्दै अदालत पुगेको देश ट्रेडिङ्ग भने हिस्स परेको छ । २५ हजार मेट्रिक टन रासायनिक मल नल्याउने देश ट्रेडिङ्गकोको १० करोड धरौटी जफल गर्न अदालतले कृषि सामग्री कम्पनीलाई निर्देशन दिएपछि धरौटी जफत गर्नका लागि बाटो खुलेको छ । यसले गर्दा अन्य कम्पनीलाई चेतावनी पनि भएको छ ।

समयमा मल नल्याएर किसानलाई धोका दिने देश ट्रेडिङ्ग जस्तै जेन टे«डर्सले पनि २५ हजार रासायनिक मल ल्याउने सम्झौता गरेपनि अहिलेसम्म ल्याएको छैन । रासायनिक मल ल्याउन नसकेपछि कृषि सामग्री ले गत वैशाख २ गते कार्वाही शुरु गरे लगतै वैशाख ३ गते नै उच्च अदालत पाटनबाट अन्तरिम आदेश लिएर आएको थियो । किसानलाई धोका दिने जेन टे«डर्सको पनि धरौटी जफत गर्नका लागि कम्पनी मात्र होइन सरकारले नै विशेष पहल गर्नु पनेै देखिन्छ ।

प्रकाशित मिति: बिहिबार, भदौ १६, २०७९