शुक्रबार, बैशाख १४, २०८१

विदेशबाट पर्केर केराखेतीमा रमाउँदै युवा

काठमाडौँ । पछिल्लो समाय युवाहरु कृषी क्षेत्रमा रमाउन थालेका छन् । कतिपय विदेशबाट फर्केर स्वदेशमै कृषी पेसा गरी करोर्डौ आम्दानी गदै आएका छन् । म्याग्दीको रघुगङ्गा गाउँपालिका २ रिसिन चौतारीका युवाहरु पनि विदेशबाट फर्केर व्यावसायिक केराखेतीमा लागेका छन् । स्थानीय युवा रमेशबहादुर कटुवाललगायत उनका साथीहरुले व्यावसायिक केरा खेतीबाट आम्दानी गर्दै आएको छन् ।

उनीहरुले वर्षौंदेखि मकै कोदो बालीसँगै रूखबिरुवाले भरिएको पुर्खाको १२ रोपनी जग्गामा आरम्भ कृषि तथा पशु फार्मबाट सुरु गरिएको व्यावसायिक केरा खेतीलाई मुख्य पेसासँगै दुईवटा प्लास्टिक पोखरीमा ३ हजार माछाका भुरा हालेर माछापालन, भुइँकटर, तरुल र बेमौसमी तरकारी खेती गर्दै आएका छन् । । तीन वर्षदेखि सुरु गरेको केरा फर्मको रेखदेख र गोडमेलमा उनका बुबा खिमबहादुर कटुवालले दैनिक रुपमा गर्दै आएका छन् ।

रोजगारीको सिलसिलामा प्रदेशिएका म्याग्दीका युवाहरु गाउँ फर्किएर परम्परागत खेती र रूखबिरुवाले भरिएको पाखो जमिनलाई सदुपयोग गर्दै व्यावसायिक रुपमा केरा, फलफूल र तरकारी खेती सुरु गरेका हुन् । एक हजार केराका बिरुवा लगाएका कटुवालले सिँचाइका लागि हालसम्म व्यक्तिगत रु ७ लाख लगानी गरेको बताए । व्यावसायिक केरा खेतीमा सिँचाइका लागि खरिया खोलाबाट १ हजार ६ सय मिटर पाइप र बनाखी खोलाबाट ९ सय मिटर पाइपबाट पानी लिएर बाह्रमासे रुपमा सिँचाइ व्यवस्था मिलाएको छ । उनको फर्ममा व्यावसायिक रुपमा बाइस नङ्ग्र्रे, मालढुङ्गे, ध्रुसे, चिनी लगायतका प्रजातिका केरा खेती गरेका छन् ।

उत्पादन गरेको केरा बिक्रीका सदरमुकाम बेनी, पर्यटकीयस्थल घोरेपानी, मल्लाज लगायतको क्षेत्रका व्यवसायीले फार्मबाटै किनेर लजाने गरेको कृषक रमेशबहादुर कटुवालले बताए । “अन्न बालीलाई जस्तो धेरै मिहेनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि छिटो हुने भएकाले अनुकूल हावापानी र सडकसँगै बजार सुविधाले तीन वर्षदेखि केरा खेती विस्तारमा लागेको उनले सुनाए ।

आगामी दिनमा केरा खेतीबाट भएको आम्दानीलाई थप केराखेती विस्तारमा लगानी गर्ने लक्ष्यसहित स्थानीय रुपमा बाख्रा र कुखुरापालन गर्ने योजनासमेत कटुवालले बताए । कटुवालको केरा खेती देखेर स्थानीय अन्य युवाहरुले पनि केरा खेती विस्तारमा लागेका छन् । केरा खेतीबाट आगामी वर्ष तीनदेखि चार लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: मङ्लबार, असार २१, २०७९