शुक्रबार, बैशाख १४, २०८१

गरिबी न्यूनीकरणका लागि कृषि र पशुपालन क्षेत्रमा लगानी वृद्धि

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद्को ३१औँ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले विद्यमान गरिबी न्यूनीकरणका लागि मुलुकमा कृषि तथा पशुपालन क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिइएका छन् ।

कृषि अनुसन्धान परिषद्को ३१औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले कृषि क्षेत्रमा गरिने लगानीले किसानको आय वृद्धि हुने र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताएका छन् । कृषि तथा पशुपालन क्षेत्रमा सरकारले गर्ने प्रत्यक्ष लगानीका साथै कृषकमैत्री नीति नियमले कृषक लाभान्वित हुने भन्दै उनले समयसापेक्ष यस क्षेत्रमा भइरहेका अध्ययन अनुसन्धानबाट उन्नत बीउबिजन विकास तथा उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिइएका छन् ।

कृषि वैज्ञानिकले अन्तर्राष्ट्रिय तहमा भइरहेका खोज अनुसन्धानको अध्ययन गरी स्वदेशमा थप अनुसन्धान गर्नुपर्ने आवश्यक रहेको बताएका छन् । उपाध्यक्ष पौडेलले वैज्ञानिकलाई सेवा सुविधा वृद्धि गर्नुपर्ने भन्दै कृषि क्षेत्रमा गरिने प्रत्येक लगानीको उपलब्धि कसरी हासिल हुन्छ भन्नेमा गहिरो अनुसन्धान गर्नुपर्नेमा जोड दिइएका छन् ।

प्रकाशित मिति: आइतवार, बैशाख २५, २०७९