बुधबार, बैशाख १२, २०८१

आकाशे पानीको भर पर्दा मकैखेती गर्न समस्या

काठमाडौँ । पानी नपर्दा जाजरकोट, रुकुम पश्चिम र डोल्पाका किसानहरुलाई समस्या परेको छ । सिँचाइ सुविधा नभएका कारण आकाशे पानीकाभरमा मकैखेती गर्दै आएका किसानले वैशाखको अन्तिमसम्म पनि मकै रोप्न पाएका छैन् ।

पहाडी भूभागका साथै भिरालो जमिन भएका कारण यहाँ नहरको पानीले सिँचाइ गर्न मुस्किल भएको किसानहरुले गुनासो गरेका छन् । आकाशे पानीको भरमा लगाइने मकैबालीमा पाइपमा पानी लगेर सिँचाइ गर्न सकिने भए पनि पाइपको अभावमा सिँचाइ गर्न नसकिएको नलगाड ८ का शेरबहादुर खत्रीले बताएका छन् ।

वैशाखमा मकै रोप्न नसके उत्पादनमा भारी गिरावट आउने गर्दछ । केही हुने खाने स्थानीय बासिन्दाले सिँचाइ गरेर मकै रोपेपनि ७०५ किसानको खेतबारी बाँझिएको खत्रीले बताए । त्यस्तै खेतमा धानको ब्याड राख्ने समय सुरु भए पनि पानीकै अभावमा सो काम प्रभावित भएको छ । स्थानीय तहको चुनाव आउन दुई दिन बाँकी रहेकाले यहाँ पनि निर्वाचनको व्यापक तयारी रहेको छ ।

पानीको अभावमा खेतबारी बाँझिएकाले किसान भने चिन्तित भएका छन् । असिनाले गहुँबालीमा क्षति पुर्याएका कारण पीडित भएका किसान यो याममा मकै रोप्ने तयारीमा रहेको बताए । वर्षा नभएकाले जमिन बाँझो हँुदा पशुचौपायलाई चरिचरण पनि हुन नसकेको किसानहरुको भनाइ रहेको छ ।

प्रकाशित मिति: बुधबार, बैशाख २८, २०७९