शनिबार, बैशाख १५, २०८१

नेपालामा एमसीसी पारित हुँदै गर्दा, पशुपालनका लागि अमेरिकी साँढे पनि आईपुग्यो

काठमाडौं । मुलुकभर अमेरिकी सहयोग एमसीसीको चर्को विरोध, चर्चा वहशसँगै सँधै करीव मध्यरातमा एमसीसी पास भईरहँदा विश्व वैकको आर्थिक सहयोगमा अमेरिकी साँढे पनि नेपाल आईपुगेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा विश्व वैकको लगानीमा सञ्चालित नेपाल लाभईस्टक सेक्टर इनोभेसन आयोजनाले अमेरिकी साँढे ल्याएको हो ।

अमेरिकाबाट सात वटा साँढे नेपाल आईपुगेको भएपनि त्यसालाई आईतबार मात्र जानकारी गराइएको छ । नश्ल सुधारका लागि पहिलोपटक पाँच वटा जर्सी र दुई वटा होल्स्टीन साँढे गत शुक्रबार नेपाल ल्याइएको हो ।

विश्व बैंकको सहयोगमा कृषि तथा पशुपक्षी मन्त्रालयको नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजनाअन्तर्गत मेट ग्रुपले ल्याएका ती साँढे हाल खुमलटारस्थित पशु क्वारेन्टाइनमा राखिएको छ । चार/पाँच दिनपछि ती साँढे पोखराको लाम्पाटनमा रहेको राष्ट्रिय प्रजनन् केन्द्रमा पठाइने आयोजनाले जनाएको छ ।

नौ महिनादेखि एक वर्षको वयस्क भएका ती साँढेबाट केही वर्षभित्रै नश्लसुधार भई देशभरि व्यावसायिक गाईपालन गर्न सहयोग पुग्ने आयोजनाको भनाई छ । कमिशनको चक्करमा काम गरिरहेको विश्व वैकको यो परियोजनाले नेपाली किसानहरुका लागि कुनै पनि उपलब्धी हुने भने देखिएको छैन ।

प्रकाशित मिति: आइतवार, फाल्गुन १५, २०७८