शुक्रबार, बैशाख ७, २०८१

जिटुजीमा मल ल्याउन भारतसँग सम्झौताको तयारी

काठमाडौं । लामो समयदेखि रासायनिक मल अभाव खेपिरहेका किसानहरुलाई राहत उपलब्ध गराउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सकिरहेको छैन । कहिले पैचो त कहिले जिटुजीका माध्यमबाट रासायनिक मल खरिद गर्नका लागि मन्त्रालयले विभिन्न खाले कुरा गरिरहेको देखिन्छ ।

यद्यपी कुरा र काम फरक देखिएपछि किसानहरुले मन्त्री सचिव मात्र होइन सरकारलाई नै विश्वास गर्न सकेको देखिँदैन ।
जुन सरकार आएपछि मल अभाव हुने भएकाले किसानहरुले सरकारको विश्वास गर्न नसकेका हुन् । पटक पटक सरकार फेरिँदा किसानहरुलाई भने मल कै समस्या पर्ने गर्दछ । कृषि मन्त्री जो आएपछि मल अभाव हुन नदिने आश्वासन पनि नदिने गरेका होइनन् । तर किसानहरुल सहज रुपमा मल भने पाउन सकेका छैनन् ।

केही समयअघि कृषि पत्रकार महासंघले मलको समाधान गर्नका लागि सरोकारवाला निकायसँगको अन्र्तक्रिया कार्यक्रममा कृषि मन्त्री महिन्द्रप्रसाद यादवले करीव १२ अर्व बजेट थप गरेर जिटुजीका माध्यमबाट भारतसरकारसँग मल ल्याउने भनेको पनि करीव ३ महिना वितिसकेको छ ।

तीन महिनामा पनि मल नआएपछि किसानहरुले कृषि मन्त्रीको पनि विश्वास गर्ने वातावरण तयार हुन सकेन । यद्यपी अहिले भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा नेतृत्व परिवर्तन युवा पुस्ताका सहसचिवहरुले जिम्मेवारी लिन थालेपछि केही नयाँ संकेतहरु भने देखिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा रासायनिक मल हेर्ने गरी पदभार सम्हालेका डा कमल गैर मलको समस्या समाधानका लागि नेपाल सरकार र भारत सरकारवीच भएको सहमति अनुरुप सम्झौता गर्नका लागि भारत भ्रमण गरेर फर्किसकेका छन् ।

दुई देशवीच मल लिने दिने विषयमा सहमति भएपनि मल ल्याउनका लागि सम्झौता नै हुन सकेको छैन । अव भने केही दिनभित्रै भारत सरकार र नेपाल सरकारवीच मल जिटुजी प्रक्रियामा ल्याउनका लािग सम्झौताको तयारी गरिन लागेको मन्त्रालय श्रोतले जानकारी दिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मल हेर्ने महाशाखाका प्रमुख एवं सहसचिव डा कमल गैरेले जति सक्दो चाँडो जिटुजीबाट मल आयात गर्नका लागि सम्झौता हुनेमा ढुक्क हुन आग्रह गर्दै भने अवको केही दिनमा दुई सरकारवीच नेपाललाई भारतले पाँच वर्षका लागि १ लाख ५० हजार मेट्रिकटन मल उपलब्ध गराउने विषयमा सम्झौता हुने बताए ।

सहसचिव गैरेले भने जस्तै भारत सरकार र नेपाल सरकारवीच मल जिटुजी प्रक्रियामा ल्याउने गफ भएको धेरै समय भएकाले अव भने गफ भन्दा पनि काम होस् । जनताले रासायनिक मलको अभाव खेप्नु नपरोस् ।

प्रकाशित मिति: आइतवार, फाल्गुन १५, २०७८