शुक्रबार, बैशाख १४, २०८१

कृषि मन्त्री महेन्द्रयादव पदभार ग्रहणपछि मन्त्रालय नै पुगेनन्, सातादिन नपुग्दै राजीनामा माग

काठमाडौं । वर्तमान शेरबहादुर देउवाको नेतृत्वको सरकारमा कृषि तथा पशुपन्छी विकास मन्त्री बनेका महेन्द्रराय यादव शपथ ग्रहण गरी पदभार ग्रहण पछि मन्त्रालय पुगेकै छैनन् । संघीय समाजवादी पार्टीबाट मन्त्री भएका उनलाई मन्त्री भएसँगै पार्टी भित्रबाट विरोध हुन थालेपछि मन्त्री यादव सिंहदरबार स्थित कार्यालय पुगेकै छैनन् ।

मन्त्री भएको सातादिन पनि नपुग्दै पार्टी भित्रैबाट मन्त्री यादवको राजीनामा माग हुन थालेपछि मन्त्री सिंहदरबार छाडेर जिल्ला भ्रमणमा पुगेका छन् । जिल्लामा आफन कार्यकर्ताहरुलाई एकीकृत गर्न पुगेका यादवले गत आईतवारदेखि परेको अविरल वर्षाका कारण किसानहरुको रुवावासी हुँदा समेत मन्त्रालयको तर्फबाट एउटा सम्वोधन समेत गर्न नसकेको भन्दै मधेशवादी केही नेताहरु निकै नै रुष्ट बनेका छन् ।

तराई केन्द्रित दलबाट कृषि तथा पशुपन्छी विकास मन्त्री बनेका यादव अधिकांश तराईका जिल्लाहरु र पहाडी जिल्लाहरुमा वर्षाका कारण धानवाली सोतर हुँदा समेम किसानका पक्षमा अभिव्यक्ति दिन सकिरहेका छैनन् ।

किसानहरुको अधिकार सुरक्षित गर्ने, किसानहरुलाई कृषिमा आत्मनिर्भर बन्नका लागि नीति निर्माण गर्नु पर्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालय नै लाखौं हेक्टर जमीनको भित्र्याउने तयारी गएिको धान बाली नष्ट हुँदा समेत आधिकारीक रुपमा जावो एउटा वक्तव्य समेत प्रकाशन गरेको देखिँदैन ।

बरु मन्त्री यादव धनुषा पुगेर मत्स्य निर्देशनालयको अनुगमन भन्दै त्यहाँबाट दिइने अनुदानको चासो लिईरहेका छन् । धनुषाको मत्स्य केन्द्रमा कर्मचारीलाई बजेट पारदर्शी वनाएर काम गर्ने निर्देशन दिने कृषि मन्त्री यादवले धानवाली सखाप हुँदा किसानहरुको राहत प्याकेजका लागि बोल्न नसक्नुले उनी किसानका लागि बनेका मन्त्री होइनन् भन्ने पुष्टि नै भएको छ ।

कृषि मन्त्रीको पदभार ग्रहण गरेको भोलीपल्टै देखि सिंहदरबार नछिरेका उनको पछिल्लो गतिविधिका उनकै पार्टी भित्र र मधेशमा चर्को आलोचना मात्र होइन राजीनामा नै माग हुनुलाई मन्त्री यादव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा केही दिनका पाहुना मात्र हुन् कि भन्ने संकेत देखिएको छ ।

प्रकाशित मिति: बिहिबार, कार्तिक ४, २०७८