शुक्रबार, चैत्र १६, २०८०

कृषि विकास मन्त्रालयमा क्वाटर आतंक, पूर्व डिजीले छाडेनन् निवास

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पछिल्लो समय कर्मचारी आवास अर्थात क्वाटरले निकै नै चर्चा पाउन थालेको छ । पशुपन्छी सेवा तर्फ त्रिपुरेश्वरदेखि बुढानिलकण्ठसम्म कर्मचारी आवास गृहमा कर्मचारीहरुको मस्ती देखिएको छ । भने कृषिमा त झन् त्यसले निकै चर्चा चलाएको छ ।

मन्त्रीहरुले पद गएपछि मन्त्री क्वार्टर नछाडे जस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कर्मचारीहरुले पनि क्वार्टर छाड्न भनेपछि निकै कठिन मान्न गर्दछन् ।

विशेष गरी कृषि विभागको महानिर्देशकका लागि भनेर बनाएको किर्तिपुर स्थित समशितोष्ण फुलफूल केन्द्रको हाताभित्र रहेको डिजीको आवाज भवन पुर्व महानिर्देशक रेवतीरमण पौडेलले छाडेका छैनन् । कृषि विभागको महानिर्देशक हुँदा लिएको सो भवन उनले विभिन्न ठाउँमा सरुवा हुँदा पनि कब्जा गरेर बसेका छन् । सो विषयमा जानकारी लिने प्रयास गर्दा पौडेलले मोवाइल नै उठाएनन् ।

यस अघि कृषि विभागको महानिर्देशक हुँदा वर्तमान सचिव गोविन्द प्रसाद शर्माले सो क्वार्टर लिएका थिएनन् । उनले काठमाडौंमा आफ्नो घर भएका कारण सरकारी आवास लिन अस्वीकार गरेका थिए । तर, पौडेले भने आफ्नो घर हुँदा हुँदै पनि क्वार्टर छोड्न नमानको गुनासो छ ।

किर्तिपुर स्थित बागवानी केन्द्र भित्र कृषि विभागको महानिर्देशकलाई सरकारी आवास किन चाहियो । यदि सरकारी आवाज दिने हो भने उही पदमा सोही स्थानमा काम गर्नु पर्ने र पदीय जिम्मेवारीमा पद सहसचिव नै दरवन्दी भएको व्यक्तिलाई दिँदा फार्म सुरक्षित गर्न त काम लाग्ला ।

तर किर्तिपुरमा रहेको महानिर्देशकको आवासले भने किर्तिपुर स्थित बागवानी केन्द्रका सुरक्षा भन्दा पनि असुरक्षा बढाएको छ । त्यसकारण कृषिका महानिर्देशकलाई सरकारी आवास दिने हो भने हरिहरभवन मै देउ होइन भने आफ्नो घर भाडामा लगाएर सरकारी भवनको दुरुपयोग गर्न किर्तिपुरमा आवास दिने व्यवस्था वन्द होस् ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक ५, २०७८