शनिबार, बैशाख १५, २०८१

कृषि मन्त्रालयमा दुई सचिवले गरे पद बहाली

काठमाणडाै । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा नियुक्त भएका दुई सचिवले बुधबार पद बहाली गरेका छन् । मन्त्री परिषद्काे  साउन २५ गते कृषिकाे निर्णय अनुसार कृषि सचिवमा बढुवा भएका सचिव गाेविन्दप्रसाद शर्मालाई पुन पशुपन्छी सेवा तर्फकाे सचिवमा जिम्मेवारी दिईएकाे छ भने पशुपन्छी सेवा तर्फकासचिव कृष्णप्रसाद आचार्यलाई भने कृषि सेवा तर्फ सरूवा गरिएकाे छ । बुधबार दुवै सचिवले आफ्नाे जिम्मेवारी अनुरूप वद बहाली गरेका हुन् । पदभार सम्हाल्नु अघि दुवै सचिवलाई मन्त्रालयका उच्च अधिकारी, विभिन्न आयाेजना, बाेर्ड तथा संस्थानका कर्मचारीले स्वागत गरेका थिए ।          कृषि सेवा तर्फ सचिवकाे कार्यभार सम्हालेका सचिव कृष्णप्रसाद आचार्यले उमेर हदका कारण कार्तिक महिनामा संवत् अवकाश हुँदैछन् भने सचिव गाेविन्द शर्माले भने पूरा समय सचिवका रूपमा काम गर्ने छन् । पदभार ग्रहण गर्दै पशुसेवा तर्फका सचिव गाेविन्द शर्माले कृषिमा केही राम्रा काम भएकाे भए पनि चुनाैती धेरै रहेकाे बताए ।बिदेशबाट अधिकाँश खाद्यान्न आयात गर्नु दुख लाग्दाे भएकाे उनकाे तर्क थियाे ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८