बिहिबार, बैशाख १३, २०८१

डा गोविन्दप्रसाद शर्मा कृषि सेवा तर्फको सचिवमा बढुवा

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको रिक्त कृषि सेवा तर्फको सचिवमा नेपाल सरकारले गोविन्दप्रसाद शर्मालाई बढुवा गरेको छ । साउन १९ गते उमेरहदका कारण कृषि सचिव डा. योगेन्द्रकुमार कार्कीको स्वत अवकाश भएपछि सचिव पद रिक्त रहेको थियो ।

जेष्ठताका आधारमा कृषि मन्त्रालयमा सहसचिव मध्ये सवैभन्दा जेष्ठ रहेका शर्मा यस अघि नै सचिवमा बढुवा हुनु पर्ने थियो ।

राजनीतिक आस्थाका कारण उनलाई यस अघिका केही सचिवहरुले कार्यसम्पादन मूल्यांकन (कासमु) मा नम्वर कटौती गरिदिएपछि सचिवमा बढुवा हुनबाट २ वर्ष अघि नै रोकिएका थिए ।

कृषि क्षेत्रमा कार्यरत विवादमा नपरेका थोरै सहसचिव मध्ये गोविन्दप्रसाद शर्मा पनि एक हुन् ।

प्रकाशित मिति: सोमवार, साउन २५, २०७८