शुक्रबार, बैशाख १४, २०८१

आलुको उचित मूल्य प्राप्त गर्नका लागि यसरी गर्नु आलु भण्डारण

आलु उत्पादन लगतै भण्डारण विधि थाहा नहुँदा किसानहरुले आफूले उत्पादन गरेको आलुको उचित मूल्य प्राप्त गर्न सक्दैनन् । उत्पादन पश्चात आलुलाई भण्डारण गरेर केही समय सुरक्षित राख्न सक्ने हो भने किसानहरुले आलुको उचित मूल्य पाउन सक्छन् ।

त्यसो कसरी आलु भण्डारण गर्ने भन्ने चिन्ता किसानहरुमा रहेको पाइन्छ । किसानहरुले तल उल्लेखित विधि अपनाउने हो भने आलुको भण्डार गर्न सहज हुन सक्छ ।

आल भण्डारण गर्ने विधि :
० आलुलाई अँध्यारो, सुख्खा र चिसो (छोटो समयको लागि १० डिग्री सेल्सियस भन्दा कम र लामो समयको लागि तथा वीउ भण्डारणको लागि २–४ डिग्री सेल्सियस तापक्रममा) ठाउँमा काठका बाकस, प्लाष्टिकका क्रेट या –याकमा फिंजाएर ३ तहसम्म मिलाएर राख्नुहोस् ।

० यसरी राख्दा दुई तहको बीचमा पत्रिका ओछ्याएर राख्नुहोस् ।

० लामो समयसम्म भण्डारण गर्नुपर्ने आलुलाई अँध्यारो, सुख्खा र चिसो कोठामा १०–१५ डिग्री सेल्सियस तापक्रममा २ हप्तासम्म नचलाईकन राख्नाले बोक्रा बाक्लिन्छ र दानामा रहेको धूलो पनि सुक्छ, त्यसपछि धूलो सफा गरेर माथि भनिएझैं गरी भण्डारण गर्नुहोस् ।

० रोगकीराले क्षति नपु¥याएका, चोटपटक नलागेका दाना भण्डारण गर्नुहोस्, तर यस्ता दानालाई फ्रिजमा र डिपफ्रिजमा, अन्य फलफूलको नजिक भण्डारण नगर्नुहोस् र भण्डारण गर्नु ठीक अघि पानीले नपखाल्नुहोस् ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन २७, २०७७