शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रिय किसान आयोगको अध्यक्ष पद रिक्त

काठमाडौं । किसानहरुको हक, हितका लागि भन्दै लामो समयको संघर्ष पश्चात गठन भएको किसान आयोगको अध्यक्ष पद रिक्त भएको छ । चार वर्ष अघि किसान आयोगको स्थापना भए लगतै आयोगको अध्यक्षमा तात्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले चित्रबहादुर श्रेष्ठलाई नियुक्ति गरेको थियो ।
तात्कालिन माओवादी केन्द्र र नेपाली कांग्रेसको संयुक्त सरकार भएकै कारण त्यस बेला आयोगको सदस्य नियुक्तिका लागि निकै कठिन भएको थियो । त्यस बेला एमाले निकट किसान महासंघले आफ्नो तर्फबाट कसैलाई पनि आयोगका पठाएन ।

लामो सयम विवाद पश्चात कांग्रेसले दुई सदस्य नियुक्ति गराएर आयोगको पूर्णता दिएको थियो । आयोगले स्थापनाकालदेखि अहिलेसम्म बार्षिक करीव ४ करोड रुपैयाँ सिध्याउने काम बाहेक अरु केही पनि गर्न सकेन । केही साता अगाडि मात्र अध्यक्ष चित्रबहादुर श्रेष्ठको कार्यकाल सकिएपछि सो पद रिक्त रहेको छ ।

प्रकाशित मिति: आइतवार, फाल्गुन २३, २०७७