शनिबार, बैशाख १५, २०८१

वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स कृषिमा लगानी गर्नुपर्ने

काठमाडौं, फागुन । बैदशिक रोजगारबाट फर्केका युवा तथा उनीहरुले पठाएको रेमिट्यान्स कृषिमा लगाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गत कृषि र पशु विज्ञान अध्ययन संस्थान, प्रसार निर्देशनालय र युनिभर्सिटी अफ ताज्मानिया अस्ट्रेलियाको संयुक्त आयोजनामा सञ्चालन भएको अन्र्तक्रिया कार्यक्रममा वत्ताहरुले सो कुरा बताएका हुन् ।

पोलिसी डायलग अन इफेक्टिभ एण्ड इफिसेन्ट युज अफ माइग्रेन्ट रेमिट्यान्स विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले वैदेशिक रोजगारबाट फर्केकाहरुको व्यवस्थापन गर्न टुक्रे नीति भन्दा पनि एकीकृत प्रणाली बनाउनु पर्नेमा जोड दिएका थिए । उनले रेमिट्यान्सको १० प्रतिशत रकम पनि कृषि क्षेत्रमा लगानी नभएको खुलासा गर्दै विदेशमा कमाएको रकमलाई कृषिमा लगानी गर्नका लागि सूचना केन्द्रको स्थापना गरिनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा कृषि तथा पशु विज्ञान अध्ययन संस्थान प्रसार निर्देशनालयका निर्देशक राजेश पौडेलले कृषि शिक्षामा आप्रवासन र रेमिट्यान्सलाई अनुसन्धानमा समेट्ने गरी नयाँ पाठ्यक्रमको विकास गरिनु पर्नेमा जोड दिएका थिए । उनले कृषि शिक्षा व्यवहारिक हुनु पर्ने र छुट्टै उच्च कृषि शिक्षा नीति आउनुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति: सोमवार, फाल्गुन १९, २०७६