बुधबार, बैशाख १२, २०८१

दोश्रो कार्यकालका लागि नेल्टाको अध्यक्षमा जनक रावल सहित ४९ जना निर्वाचित

काठमाडौं, फागुन । पशु सेवामा कार्यरत नेपाली कांङग्रेस निकट नेपाल पशु स्वास्थ्य प्राविधिक संघ (नेल्टा) को अध्यक्षमा दोस्रो कार्यकालका लागि जनकबहादुर रावल निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न भएको दोश्रो राष्ट्रिय अधिवेशनले रावललाई निर्विरोध रुपमा अध्यक्ष चयन गरेको हो ।
नेल्टाको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लोकबहादुर शाही, खुला उपाध्यक्षमा पुष्कर नेपाल ,समावेशी उपाध्यक्षहरु युगल किशोर सिंह, दीपेन्द्र परियार, दिलमाया श्रेष्ठ , राधा भुसाल भण्डारी, छवि भट्टराई, लक्ष्मण घिमिरे चयन भएका छन् । त्यस्तै, महासचिवमा सुरेशकुमार श्रेष्ठ, उप–महासचिव सुमनकुमार चौहान, कोषअध्यक्ष अश्वस्थामा अर्याललगायत ४९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
२०७१ सालमा स्थापना भएको नेल्टामा हाल ५ हजार क्रियाशील सदस्य र २० हजार साधारण सदस्य छन् । यो ट्रेड युनियन कांग्रेसको २७ औं सदस्य संस्था हो । देशका ७७ ओटै जिल्लामा नेल्टाले आफ्ना जिल्ला संगठनहरु विस्तार गरिसकेको छ ।

प्रकाशित मिति: आइतवार, फाल्गुन १८, २०७६