शुक्रबार, बैशाख १४, २०८१

कृषिका मेघनाथ तिमल्सेनालाई ‘प्रवल जनसेवा श्री’

काठमाडौँ, वैशाख । सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा कार्यरत वरिष्ट कृषि प्रसार अधिकृत (रापद्धि) मेघनाथ तिमल्सेनालाई ‘ प्रवल जनसेवा’ द्वारा विभूषित गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज (वैशाख १ गते) राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा तिमल्सेनालाई ‘प्रवल जनसेवाश्री’ द्वारा सुशोभित गरेकी हुन् ।
विभिन्न क्षेत्रका ९६ जनालाई सुप्रबल जनसेवाश्री (तृतीय श्रेणी), साहित्यकार झमककुमारी घिमिरेलाई कीर्तिमय राष्ट्रदीप (चतुर्थ श्रेणी), विभिन्न क्षेत्रका १६२ लाई प्रबल जनसेवाश्री (चतुर्थ श्रेणी) र ७४ जनालाई जनसेवाश्री (पञ्चम श्रेणी) मानपदवीद्वारा विभूषित गरिएको थियो । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्य गरेबापत सरकारद्वारा गत वर्ष संविधान दिवसका दिन घोषणा गरिएका व्यक्तिहरूलाई राष्ट्रपतिले आज सुशोभित गरेकी हुन् ।
तिमल्सेनालाई उपलब्ध गराइएको विभूषित पत्रमा ‘नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिबृद्धिमा तपाईबाट भएको उल्लेखनीय योगदानको सम्मान स्वरुव प्रवल जनसेवा श्रीद्धारा विभूषित गरिएका’ उल्लेख गरिएको छ’ ।

प्रकाशित मिति: आइतवार, बैशाख १, २०७६