शनिबार, बैशाख ८, २०८१

बाजुरमा पनि हाइटेक प्रविधि भन्दै कमाउधन्दा

बाजुरा । पछिल्लो समयमा कृषि व्यवसाय गर्नका लागि भन्दै हाईटेक प्रविधिका नाममा विकृति बढ्न थालेकोछ । विशेष गरी सरकारी अनुदान रकमलाई केन्द्रित गर्दै हाईटेक प्रविधिको नाम बेच्ने काम भईरहेको छ । यही मेलोमेसोमा त्रिवेणी नगरपालिकाले हाइटेक भन्दै प्रविधि प्रदर्शन तथा कृषि पाठशाला कार्यक्रमको शुरुआत गरेको छ ।
कृषि उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गर्न र आधुनिक तरकारी खेती गर्नका लागि महिलालाई सीप सिकाउने उद्देश्यले सो कार्यक्रमको शुरुआत गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका कृषि विकास शाखाले कार्यक्रम सञ्चालनका लागि पाँच रोपनी जग्गा भाडामा लिएका छन् । सोही जग्गामा कृषि सम्बन्धी आवश्यक सीप सिकाउन र हाइटेकका नाममा प्रविधिबाट तरकारी खेती प्रदर्शन कार्यक्रमको शुरुआत गरेको हो ।
मौसमी तथा बेमौसमी तरकारी खेती गर्नका लागि यो प्रविधि धेरै उपयुक्त भएकाले यसको शुरुआत गरेको त्रिवेणी नगरपालिका कृषि शाखाले जनाएको छ ।
कम लागतमा बढी उत्पादन दिइने, श्रम कम लाग्ने, सिँचाइ कम र मलको समेत सदुपयोग हुनुका साथै गोडमेल गर्नु पनि नपर्ने भएकाले यो प्रविधि कृषकहरूका लागि उपयुक्त र फलदायी हुने विश्वास गरिएको छ । तर हाइटके प्रविधि खर्च अत्यधिक हुने छ । किसानहरुले नबुझेकै कारण केही कृषिका बुज्रुकहरुले आधुनिक प्लाष्टिक घरलाई नै हाइटेक भन्दै कमाउधन्दा गर्न थालेका छन् ।

प्रकाशित मिति: आइतवार, बैशाख १, २०७६