शुक्रबार, बैशाख १४, २०८१

चिया तथा कफी विकास बोर्डमा विदेश मोह

काठमाडौं चैत्र । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका निकाय तथा कर्मचारीहरुका लागि विदेश मोह भन्दा अरु ठूलो कुरा केही छैन भन्ने कुरा पुष्टि भईसकेको छ । केही साता अगाडि मात्र चिया तथा कफी विकास बोर्ड मार्फत नै कृषि मन्त्रीको नेतृत्वको टोली चीन भ्रमणमा गएको विवाद सुल्झिन नपाउँदै बोर्डबाट अर्को टोली पुन विदेश हुँईकी सकेका छन् । कृषि मन्त्रीको नेतृत्वमा चीन गएको टोलीमा किसान तथा व्यवसायीहरुका नाममा पार्टीका कार्यकर्ताहरु भ्रमणमा लगेको विषयले चर्चा पाएको थियो । मन्त्री प्रमुख अतिथिका रुपमा गएको भएपनि अरु सहभागी किसानहरु भने थिएनन । एक दुई जना व्यवसायीहरु देखाएर अरु भने गैर किसान वा कृषिसँग सम्वन्धित बाहेकका व्यक्तिहरुलाई चीन पठाइएको थियो । अहिले फेरि कफीको कार्यशाला भन्दै वोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमको नेतृत्वको टोली केन्या पुगेको हो । सो टोलीमा बोर्डका निर्देशक दिपक खनाल, अर्का कर्मचारी देउकुमार सिगु, मन्त्रीका निजी सचिवालयमा महोदत्त अधिकारी, वाणिज्य मन्त्रालय अन्तर्गत युरोपियन युनियनको कफी प्रोजेक्ट हेर्ने बद्रीप्रसाद सिवाकोटी समेत केन्य पुगेका हुन् ।

प्रकाशित मिति: बुधबार, चैत्र १३, २०७५