काठमाडौं, फागुन । आफूहरुलाई मूलधारको कृषि पत्रकार बताउँदै समाचारको प्रकाशन गरिदिने ठेकेदारी गर्दै आईरहेको भन्दै नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) का संस्थापक सदस्यहरुले साधारण समस्य समेत नरहने गरी संस्था त्याग गरेका छन् ।
२०७० साल मंसिर १९ गते जिल्ला प्रशासन कार्यालयमा कृषि पत्रकारिता गर्ने पत्रकारहरुको हक हितका लागि भन्दै दर्ता भएको भएपनि सो संस्थाका केही पदाधिकारीहरु समाचार प्रकाशित गरिदिने भन्दै संघसंस्था तथा कम्पनीहरुको ठेकेदारी गर्न थालेपछि स्थापनाको केही समय पश्चात नै विवादित हुँदै आएको छ ।
कृषि पत्रकारितामा मूलधारमा काम गर्नेहरुको संस्था भन्दै आफुहरुले समाचार सवै राष्ट्रिय दैनिकमा छपाईदिने भन्दै समाचार प्रकाशित गरिदिए वापत रकम असुल्दै संस्थाका केही पदाधिकारी हिडेको आरोप संस्थापकहरुले लगाएका छन् ।
सो संस्थाका संस्थापक अध्यक्ष एवं अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत राजेश बर्मा, कारोवार दैनिकमा कार्यरत किरण आचार्य, नयाँ पत्रिकामा कार्यरत अजित अधिकारी, गोरखपत्र दैनिकमा कार्यरत सुरेशकुमार यादव, गोरखापत्र मै कार्यरत भेषराज बेलबासे लगायतका पत्रकारहरुले सामाजिक सञ्जाल मार्फत नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) मा साधारण समस्य समेत नरहने गरी अलग्गिएको घोषणा गरेका छन् ।
स्थापनाकालदेखि नै सो संस्थाका केही पदाधिकारीहरुले विभिन्न संस्थाहरुसँग मोटो रकम लिँदै ठेकोदारी गरेको आरोप संस्थाबाट अलग्गिनेहरुले लगाएका छन् ।
जोनाका संस्थापकहरु बाहिरिए, ठेक्का पट्टाका कारण पत्रकार विभाजित

Add Comment