शनिबार, बैशाख १५, २०८१

नार्क अधिकांश कर्मचारी हाजिर गरेर कन्सल्टेन्सी धाउँदै

काठमाडौं, फागुन । नेपाल कृषि अनुसन्धान परिषद्मा कार्यरत कृषि वैज्ञानिकहरु हाजिर गरेर कन्सल्टेन्सी धाउन थालेका छन् । नेपालको कृषि क्षेत्रमा नयाँ प्रविधि तथा नयाँ जातका प्रजाति उन्मोचन गर्दै किसानसम्म पु¥याउने पर्ने निकायका रुपमा राजनीति बाहेक हुन छाडेको छ ।
नार्कको केन्द्रीय कार्यालयदेखि जिल्लामा रहेका कार्यालयहरुसम्म राजनीति गर्ने थलोका रुपमा विकसित भएको छ । जसले नार्कको औचित्य माथि नै प्रश्न उब्जन थालेको छ । हुन त कृषि मन्त्री चक्रपाणी खनालले नार्कको औचित्य नभएको विगतमा नै सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । नार्कका अध्यक्ष समेत रहेका मन्त्रीले नै सार्वजनिक रुपमा औचित्य नरहेको भनिरहनुको कारण भने कर्मचारीतन्त्रमा भएको राजनीतिकरण र हाजिर गरेर टाप कस्ने प्रबृद्धि हावी हुँदै गएकाले हो ।
हुन पनि नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) मा कार्यालय समयमा छड्के गर्ने हो भने कुनै न कुनै बहानामा कर्मचारी बाहिर गएका देखिन्छन् । तर ती बाहिर गएका अधिकांश कर्मचारी मध्ये ९० प्रतिशत कर्मचारी अन्यत्र कन्सल्टेन्टका रुपमा जागिर खाईरहेको भेटिन्छन् ।
सरकारी तलवभत्ता खाएर कन्सल्टेन्टका रुपमा काम गरिरहेका कृषि वैज्ञानिकहरुका कारण नै नेपालको कृषि क्षेत्र ओरालो लागिरहेको छ । कन्सल्टेन्टका रुपमा अन्यत्र काम गरिरहेका कर्मचारीहरुलाई नार्कले मन्त्रालय कार्वाही गर्न सक्ने अवस्था छैन । राजनीतिक संगठन जस्तै भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् यतिखेर । गतवर्षभरी नार्कले गरेका प्रगति हेर्ने हो भने करीव करीव शुन्य जस्तै देखिन्छ ।
भ्रष्ट सोच भएका नार्क निमित्त कार्यकारी निर्देशक वैद्यनाथ महतोलाई हटाएपछि उनको ठाउँमा यतिखेर डा टेकबहादुर गुरुङ्गकालार्य निमित्त कार्यकारी निर्देशकका रुपमा जिम्मेवारी दिइएको छ । तर पनि नार्कमा कर्मचारीहरु भेटिन मुश्किल पर्दछ ।
रोचक कुरा त के छ भने नेपाल कृषि अनुसन्धान परिषद् केन्द्रिय कार्यालयको आधिकारीक वेवसाईटमा सम्पर्क ठेगाना समेत सिंहदरबार प्लाजाको नदिएर खुलमटारको सम्पर्क राखिएको छ । यसले के प्रष्ट पार्दछ भने नार्कमा सम्र्पक नै नहोस् भन्ने सोच प्रशासन संयन्त्रको रहेको छ । जवसम्म सरकारी तलव खाएर कन्सल्टेन्सी धाउने कर्मचारीलाई तह नलगाएसम्म नेपाल कृषि अनुसन्धान परिषद्को विकास हुने देखिँदैन ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन ७, २०७५