काठमाडौं, मंसिर । सरकारले जिल्लामा रहेका प्राविधिक कार्यालयहरु खारेज गर्ने क्रममा जिल्ला कृषि विकास कार्यालयहरु समेत प¥यो । तात्कालिन कृषि विकास मन्त्रालयका सचिव डा सुरोज पोख्रेलले अडान लिन नसक्दा जिल्ला कृषि विकास कार्यालयहरु खारेजीमा परेका थिए । कृषि विकास मन्त्रालयको संघीय संरचना निर्माण गरिरहँदा मन्त्रालयको संरचना ध्वस्त पारेर अष्ट्रेलिया घुम्न मस्तिएका सचिवका कारण यतिखेर कृषि क्षेत्रको अस्तित्व नै धरापमा परेको छ ।
जिल्ला कृषि विकास कार्यालयको खारेजीसँग मन्त्रालयमा हाजिर भएका सचिव डा. युवकध्वज जिसीले ७७ जिल्ला मध्ये करीव ५१ जिल्लामा साविकको जिल्ला कृषि विकास कार्यालयको सट्टा कृषि ज्ञान केन्द्र स्थापना गर्न सफल भएपनि अहिले त्यही ज्ञान केन्द्र पनि स्थानीय सरकारको चपेटामा परेको छ ।
पर्वतमा रहेका कृषि ज्ञान केन्द्रमा बाग्लुङ्ग नगरपालिकाका प्रमुख, वडा अध्यक्ष सहित करीव २५ जनाको समूहले ज्ञान केन्द्रको बोर्ड हटाएर वलजफती रुपमा नगरकार्यपालिकाका कार्यालय स्थापना गरेको ज्ञान केन्द्रका दिनेश आचाईले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
एकातिर सरकारले कृषि उत्पादन दोव्वर बनाउने डिङ्ग हाँकेर बसिरहेको छ भने अर्कोतिर जिल्लामा रहेको कृषि कार्यालयहरु विटघट मात्र होइन अस्तित्व नै समाप्त पारेर कसरी कृषि क्षेत्रको विकास होला ? तालुकदार मन्त्रालय कृषि तथा पशुपन्छी विकास मन्त्रीले ज्ञान केन्द्रमाथिको हस्तक्षेप हुँदा पनि मौन बस्नुलाई कसरी बुझ्ने ?
मन्त्रीज्यू कृषि ज्ञान केन्द्र हटाए त ?

Add Comment