शुक्रबार, बैशाख १४, २०८१

आलुको उचित मुल्य नपाउँदा किसान चिन्तित

बनेपा,जेठ । काभ्रेपलाञ्चोकका किसान यसवर्षको आलुको उचित मुल्य नपाएर चिन्तित बनेका छन् । अन्य वर्षको तुलनामा यस वर्ष आलु कम फल्नुका साथै उचित मूल्य पनि नपाउँदा किसान चिन्तित बनेका हुन् ।

आलु खन्ने मौसममा असिनापानी परेपछि किसान आलु बिग्रन्छ कि भन्ने चिन्तामा छन् । तर गतवर्ष भने उत्पादन बढी हुनुका साथै उचित मुल्यमा विक्री भएकोे पनौतीका किसानहरुको भनाई छ । यस वर्ष भने बजारमा प्रतिधार्नी रु ८० देखि रु ९० सम्ममा बिक्री भइरहेको तर आफुहरुले प्रतिधार्नी रु ५० देखि रु ६० सम्ममा बिक्रि गर्नुपर्दा गरेको लगानी धानखेतीबाट उठाउने जमर्कोमा किसानहरु लागि परेका छन् ।

जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन कार्यान्वयन इकाइ (आलु) कार्यक्रम सञ्चालनमा छ । सरकारले अनुदान दिने र प्रविधिका बारेमा सिकाउनेबारे जानकारी नभएको किसान बताउँछन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन कार्यान्वयन इकाइ (आलु) बनेपा कार्यालयका प्रमुख किशोरप्रसाद पन्त जिल्लामा आलुको उत्पादन पर्याप्त रुपमा भइरहेको बताउछन् । तर उन्नत जातको आलुको बीउ प्रयोग गर्न नपाएका कारण किसानले फाइदा लिन नसकेको उनको भनाइ छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ३, २०७५