सोमवार, बैशाख २४, २०८१

धान उत्पादनमा कमी

सप्तरी, ६ मंसिर । साउनको अन्तिम महिनामा आएको भिषण बाढी पहिरोले यस वर्ष जिल्लाका खेतीमा क्षति पु¥याएकाले धान उत्पादन घटेको छ । paddy
धान उत्पादन शुरुमा बढ्ने अनुमान गरिए पनि रोपाइँको याममा आएको बाढी र पछिलो समय पानी र सिँचाइको अभावले गत वर्षको तुलनामा करिब पाँच प्रतिशतले कमी भएको जल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
रोपाइँको समयमा पर्यााप्त वर्षा नभएको र रोपी सकेपछि आएको ठूलो बाढीका कारण धानको उत्पादनमा कमी आएको वरिष्ठ कृषि विकास अधिकृत भागीरथ यादवले बताए ।
यस वर्ष सप्तरीमा यस वर्ष ५४ हजार ५०० हेक्टरमा धानबाली लगाइएकामा गत वर्षभन्दा पाँच प्रतिशतले कमी ९एक लाख ४९ हजार मेट्रिक टन धान उत्पादन भएको छ । गत आवमा ५२ हजार हेक्टर जमिनमा प्रतिहेक्टर २।७५ मेट्रिक टनका दरले धान उत्पादन भएको थियो । आव २०७१÷०७२ मा ४२ हजार हेक्टर जमिनमा प्रतिहेक्टर अढाइ मेट्रिक टनका दरले धान उत्पादन भएको थियो ।
अन्न भण्डारका रुपमा चिनिने तराईका जिल्लामध्ये सप्तरी जिल्लामा ५४ हजार ५०० हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०७४