बिहिबार, बैशाख २०, २०८१

सहकारीका माध्यमबाट गरिबी निवारण

काठमाडौं, साउन १६ । नेपाल महिला संघले सोमबार राजधानीमा गरेको कार्यक्रममा उनले सहकारीको उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताइन् । सहकारीका माध्यमबाट गरिबी निवारण सम्भव हुने उनको भनाइ थियो ।
मन्त्री बस्नेतले सहकारीहरु सहरकेन्द्रित भएको भन्दै ग्रामीणमुखी बनाउन पहल थाल्ने बताइन् ।
कार्यक्रममा नेपाल महिला संघकी अध्यक्ष उर्मिला रेग्मीलगायतले महिलाको सीप र क्षमता अभिवृद्धि गर्ने कार्यमा केन्द्रित रहन सहकारीहरुलाई सुझाव दिइन् । कार्यक्रममा महिला संघकी पूर्वअध्यक्षसमेत रहेकी मन्त्री बस्नेतलाई बधाइ ज्ञापन गरिएको थियो ।

प्रकाशित मिति: सोमवार, साउन १६, २०७४