आइतवार, बैशाख १६, २०८१

विषय फराकिलो पार्दै अगाडि बढ्ने प्रतिवद्धता

काठमाडौं, साउन । पाँच वर्ष नाध्यो । सायद एउटै विषय र क्षेत्रमा केन्द्रित भएर अखबार प्रकाशन गर्नु ठूलो चुनौति पनि थियो । त्यसमाथि पनि नेपालमा सवै भन्दा ओझेलमा परेको होइन पारिएको कृषिका क्षेत्रमा । prakaskiyपत्रिका प्रकाशन गर्नु पछिल्ला समयमा मात्र होइन नेपालमा प्रजातन्त्र आउनु पूर्व नै कठिन थियो । यद्यपी प्रजातन्त्र प्राप्ति पछि सञ्चार क्षेत्रमा आएको परिवर्तनसँगै धेरै सञ्चार माध्यमहरु आए । तर राजनीतिक भन्दा फरक ढंगले आउन सकेन । प्रजातन्त्र, लोकतन्त्र हुंदै मुलुक गणतन्त्रमा पुगिसक्दा पनि मुलुक सुहाउँदो र देशको महत्वपूर्ण भनिएको कृषि क्षेत्रका लागि सञ्चार माध्यमहरु आउन सकेका थिएनन् । हो त्यसै बेला दर्ताका हिसावले सत प्रतिशत कृषिका विषयबस्तु उठान गर्ने गरी कृषि साप्ताहिकले आफ्नो प्रकाशन शुरु ग¥यो ।
प्रकाशनका शुरुवातदेखि नै हाम्रा अन्नदाताका रुपमा रहेको किसानका पक्षमा वकालत शुरु गरेको कृषि साप्ताहिकले विगतका पाँच वर्षमा किसानका पक्षमा वकालत गर्ने सेतुमा आफूलाई प्रस्तुत गर्न सफल भएको छ । कृषि क्षेत्रमा भएको विकृति विसंगति एवं प्रविधियुक्त कृषि क्षेत्रलाई आधुनिकीकरणका प्रयासलाई पनि उठान गर्दै आईरहेको छ ।
कृषि साप्ताहिकको पाँच वर्षको अन्तरालमा निकै संघर्ष र चुनौतिलाई पार गर्दै आजबाट हामी छैठौं वर्षमा प्रवेश गरेका छौं । पाँच वर्षसम्म कृषिलाई पहिलो प्राथमिकता राखेको कृषि साप्ताहिकले अव आफूलाई केही फराकिलो पार्ने प्रयास गर्ने छ । कृषिका लागि अत्यन्तै महत्वपूर्ण रहेको सिँचाई, भूमि, बन, सहकारी जस्ता क्षेत्रलाई पनि आगामी दिनमा समेट्ने प्रयास गर्ने छौं ।
कृषि उत्पादकत्व बृद्धि गर्नुको विकल्प हामीसँग छैन । उत्पादकत्व बृद्धि गर्नका लागि भू उपयोगनीतिको आवश्यकता । कृषि उत्पादन बृद्धि गर्नका लागि सिँचाईको पर्याप्त सुविधा र सामूहिक कृषि उत्पादनले नै नेपाली कृषि क्षेत्रलाई व्यवसायिक बनाउन सक्छ भन्ने हाम्रो पनि ठम्याई रहेको छ । कृषि विकास मन्त्रालयले कृषि सहकारी मार्फत गरेको लगानी कृषक समूह, कृषिसँग सम्वन्धित संघसंस्थाहरुलाई गरेको लगानी र त्यसको प्रतिफल आम नागरिक समक्ष पु¥याउने पर्ने महत्वपूर्ण दायित्व पनि कृषि साप्ताहिकको काँधमा नै छ ।
कृषि क्षेत्रमा हुने गरेका वेथिति, अनुदानमा हुने गरेको चरम आर्थिक अनियमितता र वास्तविक किसानहरुको पहुँचमा राज्यको उपस्थिति अनिवार्य गर्नका लागि पनि कृषि साप्ताहिकले सञ्चार सेतुका रुपमा काम गर्नु छ । तसर्थ विगत पाँच वर्ष हामीले प्रकाशन गरेका समाचार, आलेखहरु र त्यसबाट भएका सकारात्मक परिवर्तन समेतलाई ख्याल गर्दै आगामी दिनमा पनि कृषि मैत्री रुपमा आम नेपाली किसान र कृषि क्षेत्रको तर्फबाट पैरवी गर्ने प्रतिवद्धता जनाउँदै यो घडीमा आईपुग्नका लागि सहयोग गर्नु हुने विज्ञापनदाता, ग्राहक वर्ग, शुभचिन्तकहरु प्रति हार्दिक आभार प्रकट गर्दै यहाँहरुसँगै हातेमलो गर्दै अझ फराकिलो हुँदै अगाडि बढ्ने छौं । कृषि साप्ताहिक र अनलाईन दुवैलाई अव कृषिसँग सरोकार राख्न अन्य विषयलाई पनि जोड्ने हाम्रो प्रतिवद्धता छ ।

प्रकाशित मिति: सोमवार, साउन ९, २०७४