आइतवार, बैशाख १६, २०८१

बर्षा भएसँगै धान रोप्न चटारो

सिराहा, असार ८ । मौसमले साथ दिएपछि सिरहका किसानलाई अहिले धान रोप्ने चटारो परेको छ । बर्षेनी आकाशे पानीको भर पर्दा रापाइँ समयमा गर्न नपाउने किसानले यसपटक भने समयमै पानी पर्दा असार लाग्दा नालग्दै रापाइँ शुरु गर्न थालेका छन् । ropai-15
जिल्ला कृषि विकास कार्यालय सिराहाका वाली विकास अधिकृत योगेन्द्र यादवले सिराहाको १० प्रतिशत भूभागमा अहिले नै धानको रोपाइँ भइसकेको जानकारी दिए । साधारणतया असार १५ गते रोपाइँ शुरु हुने यहाँ पानी पर्ने वित्तिकै किसानले असार १५ पनि पर्खदैनन् बाली विकास अधिकृत यादवले भने । सिराहाको अधिकांशभागमा सिंचाईको अभाव छ, त्यसैले आकाशले साथ दिनवित्तिकै किसानको ध्यान धान खेतीतर्फ नै केन्द्रित हुने गर्छ । कूल एक लाख २२ हजार ७ सय ९७ हेक्टर भू भाग रहेको सिराहामा ७३ हजार ९ सय १३ दशमलव पाँच हेक्टर भू भाग कृषि योग्य छ । जसमध्ये ६० हजार सात सय ५७ हेक्टर भूमिमा धान खेती हुँदै आएको छ ।

प्रकाशित मिति: बिहिबार, असार ८, २०७४