आइतवार, बैशाख २३, २०८१

४ अर्व ६३ करोडको रासायनिक मल ल्याइँदै

काठमाडौं, ४ असार । सरकारले पहिलो पटक अनुदान विनाको मल विक्री गर्ने तयारी थालेको छ । त्यसका लागि ८ हजार मेट्रिक टन मल आयात भएको छ । जसमध्ये ३ हजार ५ सय मेट्रिक टन अल्मोनियम सल्फेट मल ल्याउन लागिएको छ । साथै अन्य मल पनि केही दिन भित्रै आइपुग्ने साल्ट टे«डिङले जनाएको छ । fartilizer
निजी क्षेत्रले अनुदान विनाको मल विक्री गरिरहेको र उपभोक्ताहरुलाई मध्यनजर गर्दै विकल्पका रुपमा अनुदानसहित र अनुदान रहित मल भित्र्याउन लागिएको साल्ट टे«डिङका प्रवक्ता कुमारराज भण्डारीले बताएका छन् ।
भण्डारीका अनुसार निजी क्षेत्रले अनुदान विनाको मल बेचिरहेका छन् । अव हामीले पनि सरकारी तवरबाट अनुदान सहतिको मल विक्री गर्न छौं उनले भने । यसले उपभोक्तालाई सरकारको अनुदानको मल किने पनि अनुदान रहित मल किने पनि निजी क्षेत्रले दिने तुलनामा दुईचार रुपैया भएपनि राहत हुने छ ।
अनुदान विनाको मल आयातका लागि साल्ट टे«डिङले १८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । परीक्षणका रुपमा पहिलो पटक किसानलाई निजीसँग लिनुभन्दा २ रुपैयाँ भए पनि सस्तो होस् भनेर विकल्पका रुपमा अनुदान विनाको मल ल्याउने तयारी गरेका हौ भण्डारीले भने । सरकारले विगतका वर्षहरुमा अनुदानको मल विक्री गर्दै आइरहेको थियो ।
सरकारले यस आर्थिक वर्षका लाग ३ लाख ५ हजार मेट्रिक टन मल आयात गर्ने तयारी गरेको छ । जुन गत वर्षका तुलनामा १० हजार मेट्रिक टन बढी हो । कषि विकास मन्त्रालयको कूल २७ अर्व बजेटमध्ये ४ अर्व ६३ करोड रुपैयाँ मल खरिदका लागि छुट्याएको कृषि विकास मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले बताए ।
कृषि सामग्री कम्पनी मार्फत २ हलाख २५ हजार मेट्रिक टन र साल्ट टेड्रिङ मार्फत ८० हजार मेट्रिक टन मल ल्याउन लागिएको बताइएको छ । अहिले ३० हजार मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डिएपी मल आउने क्रममा रहेको छ । नेपाल आउने अधिकांश मल चीन र भारतमा खरिद हुने गरेको छ । प्रशान्त वली

प्रकाशित मिति: आइतवार, असार ४, २०७४