आइतवार, बैशाख २३, २०८१

मनाङमा २१ लाख किलो स्याउ फलाउने लक्ष्य

मनाङ्ग, आषाढ । करोडौं रुपैयाँको लगानीमा सञ्चालन गरिएको स्याउ फार्मबाट राम्रो उत्पादन शुरु भएको छ । मनाङ्गको चामे गाउंपालिकाको भ्राताङमा ७३५ रोपनी जमीनमा सञ्चालन गरिएको स्याउ फार्मले गत वर्षदेखि नै उत्पादन पनि दिन थालेको हो ।
स्थानीय पाल्तेन छोपाङ गुरुङले मनाङ मस्र्याङ्गदी क्लवको ७३५ रोपनी जग्गा २७ वर्षलाई भाडामा लिएर स्याउ फार्म सञ्चालन गरेका हुन् । अहिले ४२५ रोपनीमा इटाली र सर्वियाबाट ल्याइएका ६७ हजार विरुवा रोपिएको छ । चार वर्षदेखि शुरु गरिएको शुरु गरिएको फार्म सन् २०१८ सम्म ७३ हजार विरुवा रोप्ने लक्ष्य छ । apple manag
फुजी, गाला र गोल्डेन प्रजातिका वर्णशङ्कर स्याउका बिरुवाले यसपटक गत वर्षभन्दा बढी फल दिने गुरुङले अपेक्षा गरे । गत वर्ष एक लाख ४८ हजार ७५० किलो स्याउ उत्पादन भएको थियो । स्याउ बिक्रीबाट एक करोड ५० लाख रुपियाँँ आम्दानी भएको गुरुङले बताए ।
वर्णशङ्कर भएकाले यी बिरुवा अरू स्याउको जस्तो अग्ला र मोटा छैनन् तर वयस्क भइसकेपछि प्रत्येक बोटबाट कम्तीमा ३० देखि ३५ किलो स्याउ उत्पादन हुने गुरुङले बताए ।
गत वर्ष भने एउटा बोटबाट सात/आठ किलोसम्म स्याउ उत्पादन भएको थियो । यो वर्ष साढे चार लाख किलो स्याउ फल्ने गुरुङको अनुमान छ । अपेक्षाअनुसार स्याउ फलेमा साढे चार करोड रुपियाँ आम्दानी हुने गुरुङले बताए। अहिले स्याउ उत्पादनको मौसममा उहाँले ६५ जनालाई प्रत्यक्ष रोजगारी दिइरहेका छन् ।
स्याउ फर्मका लागि हालसम्म गुरुङको कम्पनी ‘एग्रो मनाङ’ ले २३ करोड रुपियाँँ लगानी गरिसकेको छ । यसलाई बढाउने गुरुङको लक्ष्य छ ।
उनले मनाङमा स्याउ फार्म मात्र चलाएका छैन, फर्ममै जोडेर होटल र कोल्ड स्टोरसमेत निर्माण गरेका छन् । हामीले यहाँ स्याउ खेती मात्र गर्न खोजेका होइनौँ, गुरुङले भने एग्रो टुरिजम विकास गर्न खोजेका हौँ, त्यसैले होटल पनि सँगसँगै बनाउँदै छौँ । गुरुङले आगामी वर्षदेखि जुस, ड्राइ एप्पल, ब्रान्डी, वाइन बनाउने लक्ष्य राखेको समेत उनले बताए । काठमाडौँको ठमेलमा रहेको चल्तीको होटल बेचेर स्याउ फार्म सञ्चालन गरेका गुरुङले हाल सरकार र एसियाली विकास बैङ्कबाट पनि सहयोग पाएका छन् । । उनले दुई करोड २४ लाख रुपियाँ अनुदान सहयोग पाएको बताए ।
अनुदानका लागि फर्म सुरु गरेको होइन, अनुदानले प्रोत्साहन भने दिएको छ, हामी अझै लगानी बढाउँदै जानेछौँ, उनले बताए । गुरुङले आगामी पाँच वर्षभित्र हरेक वर्ष कम्तीमा २१ लाख किलो स्याउ उत्पादनको लक्ष्यसाथ आफूहरूले लगानी विस्तार गरिरहेको बताए । उनल भने सन् २०२१ मा २१ लाख किलो स्याउ फलाउने लक्ष्य छ, सन् २०१८ सम्ममा ७३ हजार बिरुवा पु¥याउँछौँ ।उनले गत वर्ष काठमाडौँका १२५ वटा पसलबाट स्याउ बेचेको जानकारी गराउँदै यो वर्षको ३२५ पसलबाट बिक्री गर्ने योजना सुनाए । –नवीनराज कुइँकेल

प्रकाशित मिति: शुक्रबार, असार २, २०७४