बिहिबार, बैशाख २०, २०८१

मकवानपुरमा धमाधम नक्कली धानको बीउ विक्री

मकवानपुर, जेठ । यतिखेर किसानहरु वर्षभरी आफूलाई खानका लागि धानको बीउ राख्ने चटारोमा छन् । तर गुणस्तरहीन धानको बीउ कारण किसानहरु मारमा पर्दा समेत सम्वन्धित सरोकारवाला निकाय कमिशनको चक्करमा परेर गुणस्तरहीन धान विक्री गर्दा पनि मौन स्वीकृत जनाईरहेको छन् । dhan
वीउ व्यवसायी संघमा आवद्ध भएका केही व्यवसायीहरुले खुलेआम रुपमा गुणस्तरहीन धानको बीउ विक्री गर्दा पनि बीउको गुणस्तर हेर्ने निकाय हरिहरभवन भित्रै निदाएर बसेको देखिन्छ । उता जिल्ला कृषि विकास कार्यालय मकवानपुर भने त्यस्ता गुणस्तरहीन धानको बीउ विक्री गर्नेलाई कार्वाही गर्नुको सट्टा किसानहरुलाई बील लिएर धानको बीउ खरिद गर्न फेसबुके प्रचार प्रसारमा लागेको देखिन्छ । जिल्ला कृषि विकास कार्यालयले आपैmले सक्कली र नक्कली बीउ समेत छुट्याएर प्रचार गरिरहेको देखिन्छ ।
वार्षिक करोडौंको धानको बीए नेपालमा भित्रिने गरेको अध्ययनले देखाएको छ । केही वर्ष अगाडि मात्र गुणस्तरहीन धानको बीउका कारण भक्तपुरमा धान उत्पादन नभएपछि त्यहाँका किसानहरुले कृषि विकास मन्त्रालयमा धर्ना दिएर क्षतिपूर्ति माग गरेका थिए । अहिले फेरि शंकर ग्क् ३१२ जातको बीउ गुणस्तरहीन र फरक फरक प्योजिकङ्ग गरेर विक्री गर्दा पनि कृषि विकास मन्त्रालय र सरोकारवाला निकाय मौन बस्नुलाई कसरी बुभ्mने होला ।

प्रकाशित मिति: आइतवार, जेष्ठ २८, २०७४