शनिबार, बैशाख १५, २०८१

व्यावसायिक किसान शशीलाई जनसेवा श्री पदक

sashiकाठमाडौं, जेठ । नेपालको सवैभन्दा ठूलो गाई फार्म सञ्चालन गरिरहेका व्यवसायिक किसान शशीधर शर्मा पौडेललाई गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिले प्रदान गर्ने जनसेवा श्री पदकले विभूषित गरिएको छ । गणतन्त्र दिवस २०७४ को अवसरमा रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं १४ टिकुलीगढमा  लुम्विनी एग्रो प्रोडक्ट एण्ड रिसर्च सेण्टरका माध्यमबाट करीव ५ सय गाई पाल्दै आईरहेका पौडेललाई पशुपालन क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सो पदकले विभूषित गरिएको हो ।

प्रकाशित मिति: सोमवार, जेष्ठ १५, २०७४