मङ्लबार, बैशाख २५, २०८१

चीनको गाईको, कहां पुग्यो फाइल

काठमाडौं, जेठ । नेपालको कृषि क्षेत्रको बृहत्तर विकासका लागि भन्दै चीन सरकारले नेपाल सरकारलाई ३ हजार गाई उपलब्ध गराउने सहमति बमोजिम राष्ट्रिय दुग्ध विकास बोर्ड र चीनको एक अनुसन्धान प्रतिष्ठानसंग सहमति भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल गएको महिना चीन भ्रमणमा रहंदा चीनलाई कृषि क्षेत्रमा सहयोग गर्न गरेको आग्रह बमोजिम नै चीनले व्यवसायिक दुग्ध उत्पादन गर्न किसानहरुलाई मद्दत पुग्ने किसिमले तीन हजार गाई विभिन्न फार्म केन्द्रमा दिने सहमति गरेको थियो । chain cow
अहिले चीनले उपलब्ध गराउन लागेको गाई र त्यसका लागि आवश्यक प्रविधि लगायतका विषयमा दिने सहयोग सम्झौताको फाइल मन्त्रालयमा अड्किएको बताइएको छ । चीनले दिन लागेको सहयोगको फाइला कहां र किन अड्कियो भन्ने विषयमा कोही पनि बोल्न चाहंदैनन् । सो विषयमा पशुपन्छी विकास मन्त्रालयका अधिकारीहरु सम्पर्क भन्दा बाहिर छन् । पशुपन्छी विकास मन्त्रालयका सचिव, सहसविचहरु, पशु सेवा विभागका महानिर्देशक समेत यतिखेर विदेश भ्रमणमा रहेका कारण चीनले उपलब्ध गराउन लागेको गाईको फाइलका विषयमा आधिकारिक रुपमा जानकारी दिन मन्त्रालयका कर्मचारी सक्षम भएका छैनन् । तर दैनिक ३० लिटर दूध दिने गाई चीनले उपलब्ध गराउनका लागि अन्तिम चरणमा पुगिसकेको प्रक्रिया किन रोकियो ? सरोकारवाला निकायले खोज्नु आवश्यक छ ।

प्रकाशित मिति: सोमवार, जेष्ठ १५, २०७४