आइतवार, बैशाख २३, २०८१

नेपालमा खाद्य सुरक्षाको अवस्था चुनौतीपूर्ण

काठमाडौं, फागुन । नेपालमा खाद्य सुरक्षाको अवस्था चुनौतीपूर्ण रहेको कृषि विभागका महानिर्देशक डिलाराम भण्डारीले बताएका छन् । नेपाल निजामती कर्मचारी युनियनले आयोजना गरेको सातौं अधिबेशन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
सो अवसरमा बोल्दै महानिर्देशक भण्डारीले नेपालमा अहिले खाद्य सुरक्षा प्रमुख चुनौतीको रुपमा देखिएकोले यसलाई बेलैमा समाधान गर्न तर्फ लाग्नु पर्ने बताए ।
नेपालमा खाद्य सुरक्षालाई समाधान गर्न कृषि उत्पादनमा बृद्धि गर्न नसकेकै कारण अहिले करोडौंको खाद्यान्न आयात गर्नु परिरहेको समेत उनले बताए । पोषण तत्वलाई समेत ख्याल गदै अव खाने बानीमा सुधार गर्नु पर्ने बताउदै भण्डारीले एक छाक भात र अर्को छाक पोषण युक्त खाद्यान्न प्रयोग गर्नका लागि जनचेतना अभिबृद्धि गर्नु पर्ने समेत बताए ।
कार्यक्रममा नेपाल कृषि प्राविधिक संघका अध्यक्ष देवराज गौलीले राज्यले कषि प्राविधिकहरुलाई हेर्ने दृष्टिकोणम परिवर्तन नगरेसम्म नेपालको कृषि क्षेत्रको विकास नहुने बताए । उलने कृषि उत्पादकत्व बृद्धि गर्ने काममा कृषि प्राविधिकहरुको भूमिका महत्वपूर्ण हुने भएकाले प्राविधिकहरुलाई सोही अनुरुपको सीप र ज्ञानमा निपूर्ण बनाउनु पर्ने समेत बताए ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन २७, २०७३