आइतवार, बैशाख १६, २०८१

रुपन्देहीमा प्रधानमन्त्री कृषि परियोजनाका लागि १७ करोड

बुटवल, फागुन । रुपन्देहीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत करिव साढे १७ करो रुपैयाँ बजेट विनियोजना गरिएको छ । जिल्लामा लागु भएका मत्स्य जोन, पकेट र ब्लककाको लागि १७ करोड ६८ लाख ९९ हजार बजेट विनियोजन भएको छ । जिल्लामा पहिलो पटक कृषि क्षेत्रमा विनियोजना भएको यो ठुलो रकम हो । परियोजनाका प्रमुख मकबुल अलि का अनुसार परियोजना अन्तरगत ५०० हेक्टरमा माछा जोन कार्यक्रम लागु भएको छ, कृषि विकास कार्यालय अन्तरगत १०० हेक्टरमा माछा र धानको ब्लक र १० हेक्टरमा ६० वटा पकेट क्षेत्र रहेने छ । जसमा माछा र धान ३० वटा र अन्य बाली ३० गरेर पकेट क्षेत्र कार्यक्रम आएको आएकोछ ।
मत्स्य जोन कार्यक्रम १० वर्षका लागि जिल्लामा सञ्चालन हुने छ । १० वर्षका लागि आएको परियोजनामा यो वर्ष १७ करोड ६८ लाख ९९ हजार बजेट विनियोजन भएको छ । जिल्लाका ८ गाविसहरु दयानगर पश्चिम अमुवा, मानमटेरिया, सुर्यपुरा, धमौली, कमहरीया, मैनाहिया र हर्नैयामा मत्स्य जोन कार्यक्रम लागु भएको छ । यी क्षेत्रमा यो वर्ष भित्र थप ५ सय हेक्टर नयाँ पोखरी निर्माण गर्नुपर्ने परियोजना इकाइ जोनका प्रमुख अलिले जानकारी गराए ।
पकेट र ब्लकका लागि २ करोड ८९ लाख ८८ हजार बजेट विनियोजन भएको छ । पकेटको कार्यक्रम जिल्ला भरिनै सञ्चालन हुने छ भने २ वटा ब्लक कार्यक्रम अन्तरगत धान– असुरैना र मर्चवार, माछा – सिक्टहन र छोटकी रामनगरमा सञ्चालन हुने छ । पकेट र ब्लकको कार्यक्रम ३ वर्ष सम्म सञ्चालन हुने र आवश्यकता हेरेर बढाइने जिल्ला कृषि विकास कार्यालका प्रमुख भोजराज सापकोटाले जानकारी दिए ।
रुपन्देही जिल्का प्रमुख जिल्ला अधिकारी विनोदख प्रकाश सिंहले नेपालको कृषि उत्पादनले भारतीय बजारबाट आउने कृषि बजारसँग प्रतिसपर्दा गर्नु पर्ने बाध्यता रहेको बताउछन् । भारतबाट आउने सस्तो मूल्यको बजारसँग प्रतिस्पर्दा गर्न कृषि लाई आधुनिकीकरण गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमले सहयोग मिल्ने छ ।
नेपालको कृषि प्रणाली निर्वाहमुखी भएको बताउँदै अध्यक्ष तथा स्थानीय विकास अधिकारी युवराज सुवेदीले परम्परागत रुपमा गरिदै आइएको कृषिलाई यो परियोजनाले व्यवसायीकरण गर्न सहयोग मिल्ने बताउछन् । कृष्ण खनाल

प्रकाशित मिति: बिहिबार, फाल्गुन २६, २०७३