बिहिबार, बैशाख २०, २०८१

प्रहरी र किसान लुकामारी, राती खेतमा, निद्रा मण्डीमा

बुटवल । रुपन्देहीको सुर्यपुरा गाविस–५ बर्गदैहिया गाविसका अधिकांस तरकारी किसानहरु तरकारी उत्पादन भएपछि बजार अभावको चिन्ता भन्दा पनि तरकारी ढुवानीको चिन्ताले सताउने गरेको छ ।
जिल्ला कृषि विकास कार्यालय अनुसार उक्त गाविसको २ सय ५० हेक्टर क्षेत्रफल मा तरकारी खेती हुन्छ । सुर्यपुरा क्षेत्रका अधिकांस किसानहरु अहिले रातको समयमा सुत्दैनन्न, उनीहरु विहान पख बुटवलको हाट बजार तथा कृषि उपज केन्द्रमा आएर सुत्ने गरेका छन् । दिउँसो तथा विहानको समयमा तरकारी ढुवानी गर्दा ‘ओभरलोड बोकेका’े भन्दै ट्राफिक र जनपथ प्रहरीबाट न्युनतम ५ सय देखि १ हजार रुपैयाँसम्म जरिवाना तिराउन थालेपछि सुर्यपुराबाट बुटवलको लागि तरकारी ढुवानी गर्ने अधिकांस किसानहरुले रातारात तरकारी लोड गरी बुटवलमा आएपछि मात्र सुत्ने गर्दछन् । ढुवानीको लागि आउने किसानहरुको साथमा तरकारी संगै गुन्द्री, कम्लो र ब्लांकेट हुने गर्दछन् ।
बर्गदैहिया तरकारी उत्पादक कृषि समुहका अध्यक्ष समेत रहेका किसान पन्नेलाल केवटका अनुसार तरकारी पिकअप भ्यान तथा टिप्परमा तरकारी ढुवानी गर्दा गर्दा प्रहरीबाट सास्ती खेप्नुपरेपछि रातारात तरकारी टिपेर विहान पख बुटवलमा आएर सुत्ने र उज्यालो भएपछि बुटवल उपज केन्द्र तथा हाटबजारमा लगेर तरकारी विक्रि गर्ने गरेका छन् ।
सुर्यपुरादेखि बुटवलसम्म ल्याउदा पटक पटक प्रहरीले सास्ती दिएको भन्दै उनीहरुले रातको समयमा नै तरकारी टिपेर, रातारात ढुवानी गर्ने गरेको उनको किसान केवटको भनाई रहेको छ ।
अध्यक्ष केवट भन्छन्–बन्दा, काउलीको आकार ठुलो हुने भएको कारण केही धेरै देखिन्छ तर प्रहरीले नजोखिकन ओभरलोड बोकेको भन्दै ५ सय देखि १ हजार रुपैयाँ हामीबाट पटक–पटक लिने गरेको छ ।’उनले कृषि प्रधान देशमा उत्पादन भएको तरकारीलाई हचुवाको भरमा प्रहरीले जरिवाना तथा विना चिट नै खुलेयाम पैसा माग्ने गरेको अध्यक्ष केवटको दावी रहेको छ ।
सर्युपुरामा उत्पादन भएको तरकारीको प्रमुख बजार भनेको बुटवल हो । सुर्यपुराबाट बाँसगढिहुदै बुटवलसम्म ल्याउने समयमा मुर्गीयामा, बुटवल लगायत ठाउँ ठाउँमा राखिएको प्रहरी चेकिङ्ग पोष्टमा खुलेयामा ‘ओभरलोड बोकेको’ भन्दै प्रहरीले पैसा लिने गरेको जय महालक्ष्मी तरकारी उत्पादक समुहका अध्यक्ष समेत रहेका किसान राधेश्याम लोध बताउँछन् । उनी भन्छन्–तरकारीको आकार ठुलो हुन्छ, त्यो स्वभाविक हो, तर ठुलो देख्दैमा ओभरलोड भन्ने हुदैन, प्रहरीबाट पटक पटक दुःख पाएका छौ, यसमा अलिकत सोचिदिनुप¥यो । ’
अहिले तरकारीको सिजन भएको कारण सुर्यपुरा गाविसका अधिकांस किसानहरुको खेतमा तरकारी लटरम्म फलेको छ । खासगरी टिपेको तरकारी धेरै समयसम्म राख्दा विग्रिने भएको कारण ढुवानी गर्नुपर्ने तर प्रहरीको सास्तीले समस्या आएको स्थानीय किसान देवीप्रसाद अर्यालको भनाई रहेको छ ।
जय महालक्ष्मी कृषि समुहमा १ सय जना किसानहरु आवद्व छन् । ४५ विघा क्षेफलमा अहिले तरकारी खेती गरेका राधेश्याम लोधलोध गाँजर, सीमी, आलु, काउली, बन्दा लगायतका अधिकांस तरकारी रोपेका छन् । अहिले गाँजर १ कठ्ठामा २५ क्विन्टल सम्म उत्पादन भएको छ भने बार्षिक १ जना किसानले १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । जुन ४५ कठ्ठाको उत्पादन हो ।
सुर्यपुरा कृषि सेवा केन्द्रका प्रमुख प्राविधिक सहायक सन्तोष भुषालकाका अनुसार किसानहरुले उत्पादन गरेको तरकारी बजारसम्म पु¥याउन सहज हुने अपेक्षा सहित बर्गदैया तरकारी उत्पादक कृषि समुह गठन गरिएको छ ।
जसमा २५ जना किसानहरु आवद्व भएका छन् । सेवा केन्द्र प्रमुख भुषालका अनुसार अहिले भारतीय तरकारीको खुलेयाम नेपाल भित्रीएको कारणले पनि नेपाली उत्पादनले उचित बजार पाउन सकेको छैन । सुर्यपुरामा सिसानहरुले अहिले टमाटर ५ देखि १० रुपैयाँ प्रतिकिलोमा विक्रि गर्दै आएका छन् । सुर्यपुराकोको वडा नम्बर ५ मा १ सय ५ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुदै आएको छ भने कुल सुर्यपुरा गाविसका २ सय ५० हेक्टर क्षेत्रफलमा तरकारी खेती हुदै आएको छ ।
सुर्यपुरा मात्रै होईन, रुपन्देहीका अधिकांस किसानहरुको समस्या उस्तै छ । तरकारी उत्पादनमा आत्मनिर्भर बनेको रुपन्देही जिल्लामा किसानहरुले पटक पटक सास्ती पाउने गरेका छन् ।
तरकारी उत्पादन गर्दा, बीउ, मल, विषादीको अभाव पटक पटक झेल्दै आएका किसानहरुले उत्पादन भएको तरकारीलेले उचित बजार नपाउदा किसानहरु मर्कामा पर्ने गरेका छन् । ढुवानीमा समस्या आउदाकिसानहरुले उत्पादन गरेका कृषिजन्य उत्पादनको उचित मूल्य पाउन सकेका छैनन् ।
रुपन्देहीमा बार्षिक रुपमा ८४ हजार मेट्रिक टन तरकारी उत्पादन हुने गर्दछ । जिल्ला कृषि विकास कार्यालयका अनुसार ८४ हजार मेट्रिक टन तरकारीको मूल्य ३ अर्ब बराबरको हुने गर्दछ ।
यता, पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरिक्षक ज्ञानु पाण्डेका अनुसार कहिलेकाँही किसानहरुले किसान आफै नै असुरक्षित हुने गरी मोटरसाईकलमा तरकारी जन्य उत्पादनहरु बोक्ने गरेको कारण कारवाही गर्ने गरेको बताउछन् । किसान सुरक्षित हुने , निर्धारण गरिएको मापदण्ड अनुसार तरकारी बोक्ने किसानलाई कुनै कुनै पनि दुःख दिने काम नगरेको उनको भनाई रहेको छ । उनी भन्छन्–हामी मातहतका ट्राफिक प्रहरीहरुमा तरकारी बोक्ने किसानहरुको विषयमा कानुन अनुसार लचिलो हुन अनुरोध गरेको छ, व्यवहारिक रुपमा पनि किसानहरुको समस्या बुझेका हौ ।’
प्रहरी नायव निरिक्षक पाण्डेका अनुसार विभिन्न स्थानहरुमा छड्के रुपमा आरसीसी चेकिङ्ग हुँदा ट्राफिक प्रहरीहरु भन्दा पनि बढि नेपाल प्रहरीको संख्या हुने गरेको कारण त्यस विषयमा जानकारी नहुँदा प्रहरीबाट सास्ती पाएको हुन सक्ने संभावना रहेको छ । कृष्ण खनाल

प्रकाशित मिति: आइतवार, फाल्गुन २२, २०७३