शनिबार, बैशाख २२, २०८१

कृषि मन्त्री विरुद्ध कार्यकारी निर्देशक अदालत जाने

काठमाडौं, फागुन । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक वाईआर(यमराज) पाण्डेलाई कृषि मन्त्री गौरी शंकर चौधरीले अवैधानिक किसिमले हटाएका छन् । चौधरी कृषि मन्त्री बने देखि नै पाण्डेलाई हटाउने तयारी गरिरहेका थिए । विना कारण हटाउंदा समस्या आउने भन्दै मौन बसेका चौधरीले केही दिन अगाडि कृषि अनुसन्धान परिषद्मा कार्यरत महाशाखा प्रमुखहरुको सरुवाको विषयलाई बहाना बनाएर पाण्डेलाई हटाएका हुन् । mantri Ed
नार्कमा बसेर अनुसन्धानको कार्यलाई भन्दा पनि राजनीति बढी गर्न थालेपछि कार्यकारी निर्देशक पाण्डेले मन्त्री कै सहमतिमा महाशाखा प्रमुखहरुको सरुवा गरेका थिए । सरुवा हुनेहरु अधिकांश माओवादी निकट भएका कारण मन्त्रीले आफू निकट महाशाखा प्रमुखलाई हटाएको भन्दै कार्यकारी निर्देशक पाण्डेलाई निलम्वन गरेका हुन् ।

नार्कका कार्यकारी निर्देशकको निलम्वन ऐन विपरित रहेको छ । ऐन कानून मिचेर जर्वजस्ती हटाईएका कार्यकारी निर्देशक न्यायका लागि अदालत गए भने उनको पुर्नबहाली हुन सक्छ । आफूलाई कुनै स्पष्टिकरण समेत नसोधी विना कारण कार्यकारी निर्देशक पदबाट निलम्वन गरिएको पत्र जर्वजस्ती थमाएको भन्दै कार्यकारी निर्देशक पाण्डे अदालत जाने तयारीमा रहेको पाण्डेले कृषिलाई बताए ।

प्रकाशित मिति: बुधबार, फाल्गुन १८, २०७३