आइतवार, बैशाख २३, २०८१

कृषि मन्त्री हिस्स, कार्यकारी निर्देशक खिस्स !

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् नार्कमा यतिखेर सरुवाको लफडा भएको छ । कृषि मन्त्री गौरी शंकर चौधरीले नार्कका कार्यकारी निर्देशक यमराज पाण्डेलाई हटाउने तयारी निकै गरे । कसरी हुन्छ नार्कबाट पाण्डेलाई हटाउने र कार्यकारी निर्देशकमा माओवादी निकट बैज्ञानिकलाई ल्याउने योजना पनि बताए । तर मन्त्री चौधरीको योजना असफल भयो । पाण्डेलाई उनले हटाउन सकेनन् । बरु कृषि मन्त्रीलाई कार्यकारी निर्देशक पाण्डेले नै हिस्स बनाईदिएका छन् । mantri Ed
नेपाल कृषि अनुसन्धान परिषद्मा बसेर राजनीतिक गर्ने महाशाखा प्रमुखहरुलाई नै उनले परिवर्तन गरिदिए । कृषि अनुसन्धान परिषद्मा बसेर राजनीति गर्ने होइन कृषिका अनुसन्धान गरी नयां सिर्जना गर्ने हो । त्यसैले बैधानिक रुपमा मन्त्रीसंग सल्लाह गरेर नै सरुवालाई व्यापक बनाएको पाण्डेको भनाई छ । तर कृषि विकास मन्त्री चौधरीको सचिवालयमा बस्नेहरुले भने मन्त्रीलाई जानकारी नै नदिई छानी छानी माओवादी केन्द्र निकट महाशाखा प्रमुखहरुको सरुवा गरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन १७, २०७३