आइतवार, बैशाख २३, २०८१

आईपिएम प्रविधि प्रकावकारी र स्थापित हुंदै

काठमाडौं, फागुन । कृषि राज्यमन्त्री राधिका तामाङ्गले कृषि उत्पादकत्व बढाउने नाममा अनियन्त्रित रुपमा प्रयोग गरिने घातक विषादीका कारण सिंगो वातावरण र मानव स्वास्थ्यमा गम्भीर प्रकृतिका असर परेको भन्दै त्यसलाई घटाउन मन्त्रालय लागि परेको बताएकी छिन् । iiipppmmm
बाली संरक्षण निर्देशनालयद्धारा काठमाडौंमा आयोजिन आईपिएम सम्वन्धि अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठिलाई सम्वोधन गर्दै मन्त्री तामाङ्गले सो कुरा बताएकी हुन् । आफू मन्त्री मात्र नभई किसान समेत भएको उल्लेख गर्दै केहीबर्षदेखि आईपिएम प्रविधि पद्दतीबाट नै खेती गर्दै आईरहेको समेत बताइन् । राज्य मन्त्री तामाङ्गले एकीकृत शत्रुजीव व्यवस्थापन प्रणाली स्थापित र प्रभावकारी बन्दै गईरहेको खुलासा गर्दै यसप्रति किसानहरुमा जनचेतना अभिबृभि गर्नु पर्ने समेत बताएकी छिन् ।
कार्यक्रममा कृषि सचिव डा सुरोज पोखरेलले आईपिएम प्रविधिको लोकप्रियता बढ्दै गएको र यसलाई अझ विस्तार गर्नु पर्ने समेत बताए । सो कार्यक्रममा नेपाल लगायत १४ देशको सहभागिता रहेको छ ।
कार्यक्रम आयोजक बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक डा डिल्लीराम शर्माले चार दिन सम्म चल्ने सो अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठिले कृषि उत्पादकत्व बृद्धि गराउन र विषादी प्रयोग न्यूनिकरण गर्नका लागि विभिन्न देशमा गरिएका प्रयासहरु आदानप्रदान हुने हुने समेत बताए ।

प्रकाशित मिति: सोमवार, फाल्गुन १६, २०७३