आइतवार, जेष्ठ ६, २०८१

बन्ने भो भव्य आधुनिक केन्द्रीय पशु चिकित्सालय

काठमाडौं, माघ । पशुपन्छी विकास मन्त्रालय सचिव डा युवकध्वज जिसीले नेपालकै सवैभन्दा पुरानो केन्द्रिय पशु चिकित्सालयको आधुनिक भवनको शिलान्यास गरेका छन् । काठमाडौं महानगरपालिका वडा नं ११ मा स्थिति त्रिपुरेश्वरमा रहेको सो भवन २०७३ को महाभूकम्पका कारण क्षति भएको थियो । भूकम्प पश्चात पशुको उपचार बैकल्पिक रुपमा गर्दै आईरहेको थियो । sinlanyasविशेष समारोहको आयोजना गरेर सोमबार सो भवनको शिलान्यास गरिएको छ । करीव १८ करोडको लागतमा बन्न लागेको सो भवनबाट पशुको सवै प्रकारका उपचार हुने बताइएको छ । साथै सो चिकित्सालय पशु चिकित्सा पढिरहेका विद्यार्थीहरुको लागि शिक्षण अस्पतालका रुपमा विकसित गर्न लागिएको समेत बताइएको छ । शिलान्यास समारोहमा बोल्दै मन्त्रालयका सचिव जिसीले सो भवन मक्का मदिना भएको बताए । अग्रज पशु चिकित्सकहरुले निकै मेहनत गरेर निर्माण गरेको सो चिकित्सालय भव्य र अधुनिक बन्न लागेकोमा खुशी व्यक्त गर्दै त्यसले आम पशुपालक किसानहरुका लागि समेत खुशी तुल्याएको समेत बताए ।
आधुनिक अस्पताल निर्माण पछि पशुपन्छीको जुनसुकै उपचारका लागि पनि सहज हुने बताइएको छ ।

प्रकाशित मिति: सोमवार, माघ २४, २०७३