आइतवार, जेष्ठ ६, २०८१

देशभरका किसानलाई पेन्सन दिंदा १२ अर्व लाग्ने

काठमाडौं, माघ । सरकारले ल्याएको किसान पेन्सन कार्यान्वनमा शंका भईरहेका बेला सो शंका नगर्न कृषि विकास मन्त्री गौरीशंकर चौधरीले आग्रह गरेका छन् । किसान पेन्सन कुनै हालतमा पनि कार्यान्वयन गराई छाड्नेमा आफू प्रतिवद्ध ढंगले लागेको बताउदै आम नेपाली किसानहरुले पेन्सन पाउने बताए । gauri-sangkar-chaudhari
कृषि अनलाइनसंग कुरा गर्दै मन्त्री चौधरीले २० बर्षदेखि कृषि पेशाामा लागिरहेको ६० बर्ष उमेर पूरा गरेका किसानहरुलाई किसान पेन्सन दिनका लागि आफूहरु संघर्ष गरिरहेको बताए । मन्त्री चौधरीले जनगणना २०६८ अनुसारकोतथ्यांकका आधारमा किसानहरुलाई पेन्सन उपलब्ध गराउंदा अनुमानित बार्षिक १२ अर्व लाग्ने समेत बताए ।
किसान पेन्सन वितरण के का आधार दिने भन्ने प्रश्नमा कृषि मन्त्री चौधरीले कृषि विकास मन्त्रालयले किसानको पाँच किमिसले बर्गिकरण गरेर सोही आधारमा किसान पेन्सन उपलब्ध गराउने र ६० नाघेका किसानलाई मासिक २ हजार ५ सय पेन्सन उपलब्ध गराउने तयारीका साथ आफूहरु लागिरहेको बताए ।
साथै मन्त्री चौधरीले राज्यको अरु सुविधा लिएर कृषि गरिरहेका व्यक्तिको हकमा आफूले लिएको सुविधा मध्ये एक सुविधा मात्र पाउने गरी पेन्सन दिने समेत बताए ।

प्रकाशित मिति: मङ्लबार, माघ २५, २०७३