शनिबार, बैशाख २९, २०८१

सुन्तलाबाट ९ करोड

बागलुङ्ग, माघ । अनुकुल मौसम तथा बगैचाको उचित व्यवस्थापनका कारण यस बर्ष सुन्तला उत्पादन बढेपछि बागलुङ्ग जिल्लाका कृषकले ९ करोड रुपैयांभन्दा बढी रकम जिल्ला भित्र्याउन सफल भएका छन् । जिल्लाका विभिन्न गाविसका किसानले उत्पादन गरेको सुन्तला, चितवन, नारायणगढ, पोखरा, गुल्मी, बुटवल, धादिङ्ग लगायतका जिल्लामा निर्यात गरिएको थियो ।
पहिलो चरणमा प्रतिकिलो ४० देखि ५० रुपैयांसम्म विक्री गरे पनि पछिल्लो समयमा कृषकले १ सया २० रुपैयांसम्ममा विक्री गरेका थिए । यस बर्ष सुन्तला खेती गर्दै आएका बागलुङ्गका १२ सया घरधुरी लाभान्वित भएको जिल्ला कृषि विकास कार्याल्यले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, माघ २०, २०७३