आइतवार, बैशाख १६, २०८१

अलैँची खेती प्रति किसानमा मोह बढ्दै

काठमाडौं, माघ। पछिल्लो समयमा अलैचीबाट बढी मुनाफा लिन सकिने भएपछि धेरै जसो किसान अलैची खेती तर्फ आकर्षित भएका देखिन्छन् । सिन्धुपाल्चोक जिल्लाको हिमाली क्षेत्रमा पर्ने थाङ्पालकोट गाविसलाई अलैँची पकेट क्षेत्र घोषणा गरिएपछि किसानहरुको मोह बढ्दै गएको पुष्टि भएकोक छ ।
जिल्ला कृषि विकास कार्यालय सिन्धुपाल्चोकले अलैची पकेट क्षेत्र घोषणा गरेपछि सिन्धुपाल्चोकका अन्य स्थानमा पनि अलैची खेती गर्न किसानहरु उत्साहित भएका छन् । जिल्ला कृषि विकास कार्यालय सिन्धुपाल्चोकका प्रमुख हिक्मतकुमार श्रेष्ठले अलैँची खेतीे निकै विस्तार भएका कारण थाङ्पालकोटलाई अलैँची पकेट क्षेत्र घोषणा गरेकोे समेत बताए ।
पकेट क्षेत्र घोषणा गरिएको थाङ्पालकोट मात्र होइन घुन्सा लगायतका गाविसमा पनि अलैची गर्ने किसानहरुको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । थाङ्पालकोटमा विगत १० वर्षदेखि अलैँचीखेती हँुदै आएको हो । त्यहां अलैँची उत्पादन फस्टाउनुका साथै यसको उत्पादनमा क्रमिक वृद्धि भइरहेकोले किसानहरु यस प्रति आकर्षित बन्दै गईरहेका हुन् ।
विगत वर्षको तुलनामा यो वर्ष अलैचीको भाउ घटेको भएपनि किसानहरुले पनि अलैची खेती छाडेका छैनन् । सिन्धुपाल्चोक मात्र होइन पश्चिम पर्वत जिल्लामा पनि किसानहरु अलैची खेतीमै रमाएका देखिन्छन् । आफ्नो जग्गाको उपयोग गर्दै पर्वतको दुर्गम भोक्सिङ गाउँका कृषकले रु दुई करोडको लागतमा अलैँचीको व्यवसायिक खेती सुरु गरेको छ । गाउँका युवा विदेश पलायन भएपछि बाँझो जग्गाको उपयोग गरेर आयआर्जन गर्ने उद्देश्यले कृषकले गाउँमै सामूहिक फर्म खोलेर व्यावसायिक खेतीको सुरुवात गरेका हुन् । ।
सिन्धुपाल्चेकमा जस्तै पर्वनको भोक्सीङमा रहेको भोक्सीङ बहुउद्देश्यीय कृषि तथा बाख्रापालन समूहले उपयोग विहीन बनेको पाखोमा अलैँचीखेती सुरुवात गरेका हुन् । अहिले कृषकले बिरुवा रोपेको दुई वर्षमा उत्पादन समेत सुरु गरिसकेका छन् । एक हजार ५०० रोपनी क्षेत्रफलमा स्थानीय ३० जना कृषकले खेती सुरु गरेका हुन् । गाउँ छाडेर सहर जाने लहर चलेका कारण खालिभएको पाखो र बाँझो जग्गाको उपयोग गरेर फर्म सञ्चालन गरिएको समूहका सदस्य नारायण गुरुङले बताए ।
अहिले ५०० रोपनीमा अलैँचीखेती गरिएको छ उनले भने “आगामी वर्ष एक हजार ५०० रोपनी जग्गामा बिरुवा रोप्नका लागि तयारी गरेका छौ । समूहले अहिले प्रतिव्यक्ति रु पाँच लाख सङ्कलन गरेर काम सुरु गरेको गुरुङले जानकारी दिए ।

प्रकाशित मिति: आइतवार, माघ १६, २०७३