बिहिबार, बैशाख २०, २०८१

बदनाम उन्नती आयोजनाको कृषि सचिव साक्षी !

इलाम, माघ । सन् २०१४ देखि पूर्वका सात जिल्लामा डेनमार्क सरकारको सहयोग सञ्चालित बदनाम कमाईरहेको कृषि उन्नति परियोजनाको साक्षी बस्न कृषि सचिव डा सुरोज पोख्रेल इलाम पुगेका छन् । कृषि सचिव जस्तो जिम्मेवार पदमा पुगेका व्यक्ति किसानमारा  आयोजनाका रुपमा रहेको उन्नती समाबेशी परियोजनाका रुपमा निजी क्षेत्रका उद्यमी, व्यक्ति तथा सहकारी संस्थाहरूबीच १७२ वटा परियोजना सम्झौता गरेको छ । सोही सम्झौताको साक्षीका रुमपा सचिव पोखरेल पुगेपनि पूर्वाञ्चल क्षेत्रका कृषिको विकास भन्दा पनि विनास तर्फ मन्त्रालय जुटेको बताइएको छ । unnati
किसान तथा श्रमिकलाई सकारात्मक प्रभाव पार्ने नवीनतम् एवम् अनुकरणीय अवधारणा भएका परियोजना भन्दै न्यूनतम रु १५ लाखदेखि पाँच करोडसम्मका परियोजना सम्झौता गर्ने कार्यक्रममा सचिव किन पुगे प्रश्न उब्जिएको छ । इलाममा मात्र परियोजनले रु ७० करोड सहयोग वितरण गरिरहेको छ । तर सो परियोजना सञ्चालन भएदेखि नै कृषि विकास मन्त्रालयसंग सहकार्य गरेको थिएन । तात्कालिन कृषि मन्त्री हरिप्रसाद पराजुलीले उन्नती परियोजनाले कृषिमा काम गर्ने आयोजना भएकोले कृषि विकास मन्त्रालयसंग स्वीकृत लिएर मात्र कार्यक्रम अगाडि बढाउन भनेका थिए । तर हालसम्म पनि उन्नती आयोजनाले कृषि विकास मन्त्रालयसंग समन्वय गरेको छैन । यो परियोजना कृषि उत्पादकत्व बृद्धि गराउने र किसानका पक्षमा नभएकाले पनि परियोजना सञ्चालन भएदेखि नै विवादित थियो ।
विवादित परियोजनाका बारेमा जानकारी हुंदा हुंदै पनि कृषि सचिव डा. सुरोज पोखरेल किन सो कार्यक्रममा पुगे चर्चा हुन थालेको छ ।

प्रकाशित मिति: शनिबार, माघ १५, २०७३