शनिबार, बैशाख २२, २०८१

मासु जांच ऐन २०५५ कार्यान्वयन गरिने

काठमाडौँ, माघ । पशु सेवा विभागका महानिर्देशक डा. विमलकुमार निर्मलले मासु जाँच ऐन २०५५ लामो समयदेखि कार्यान्वयन हुन नसकेकोले अव ऐन कार्यान्वय गर्न पशु सेवा विभाग क्रियाशील भएको बताएका छन् ।Bimal kumar nirmal जन स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको स्वस्थ मासु उत्पादन र विक्री वितरण समेतलाई ख्याल गरी बनेको सो ऐन कार्यान्वयन हुन नसक्दा उपभोक्ताहरु प्रत्यक्ष मारमा परेको समेत डा विमलले बताए । मासु जांच ऐन २०५५ लाई कार्यान्वय गर्नु अहिले विभाग सक्रिय भएर लागेको बताउंदै उनले सो ऐन कार्यान्वयन गर्नका लागि स्थानीय निकायसंग समेत सहयोगका लागि अपिल गरेका थिए ।

पशु सेवा विभागको एक्लो प्रयासले मात्र ऐन कार्यान्वय हुन नसक्ने भन्दै मासुसंग सम्वन्धित सरोकारवाला निकायहरुको पनि साथ र सहयोगको आवश्यक रहेको उनले बताए ।-धिरेन्द्र बस्नेत

प्रकाशित मिति: बुधबार, माघ ५, २०७३