बिहिबार, बैशाख २०, २०८१

कृषि उत्पादन प्रतिस्थापन नै अवको नीति

बुटवल, माघ । कृषि विकास मन्त्रालयका सहसचिव ईश्वरी प्रसाद धितालले नेपालमा अझै पनि कृषि जन्य उत्पादन वाहिरी देशबाट आयात गरिएको भन्दै कृषि जन्य उत्पादनको आयात प्रतिस्थापनमा गर्न अवको कृषि नीति केन्द्रीत हुनुपर्ने बताएका छन् ।
उनले अझै पनि देश कृषि जन्य कतिपय वस्तुमा आत्मनिर्भर बन्न नसकेको भन्दै यसको लागि अवको कृषि प्रणाली यस तर्फ केन्द्रीत हुनुपर्नेमा जोड दिएका हुन ।
जलवायु प्रकोप समुत्थान निर्माण आयोजना कृषि व्यवस्थापन सुचना प्राणाली अन्र्तगत नेपाल सरकार कृषि मन्त्रालयले रुपन्देहीका ६३ जना किसान समूह तथा सहकारीहरुलाई स्मार्ट फोन, किसान सिम तथा विभिन्न उपकरण प्रदान गर्ने कार्यक्रमलाई जिल्ला कृषि विकास कार्यालय भैरहवामा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन ।
कार्यक्रममा क्षेत्रीय कृषि निर्देशानलय पोखराका प्रमुख शरदचन्द्र श्रेष्ठले विगतका बर्षहरुमा भन्दा यस बर्ष किसानको पक्षमा सरकारले यथेष्ट बजेट विनियोजन गरेको भन्दै किसानहरुलाई व्यवसायिक कृषि प्रणालीमा ध्यान दिनको लागि आग्रह गरे । उनले भने–‘अवको किसान होईन कृषक बन्न सकौ आफ्नो र देश दुबैको भलो हुन्छ ।
कार्यक्रममा जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाका प्रमुख विष्णु प्रसाद घिमिरेले मन्त्रालयले किसान सिम, स्मार्ट फोन र कृषि जन्य उपकारणहरु रेन गेज तथा थर्मोमिटर वितरण गरेको जानकारी दिदै यसबाट किसानहरुमा सुचना तथा सञ्चारमा ठोस योगदान पुग्ने बताएका थिए ।
उनले किसान समुह तथा सहकारीलाई वितरण गरिएको किसान सिममा प्रत्येक महिना १ सय रुपैयाँको मेन व्यालेन्स र ५० एम वि डाटा निःशुल्क रुपमा किसानहरुलाई उपलब्ध गराउने र यसबाट सिकान समुह तथा सहकारीले एक आपसमा सञ्चार गर्न सक्ने जानकारी दिए ।
रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले जिल्लामा विभिन्न स्थानमा नमुना खेती गरिएको भन्दै अव किसानहरले निर्वाह मुखि योजना भन्दा पनि व्यवसायीकरण तर्फ लाग्नु पर्नेमा जोड दिएका थिए । -कृष्ण खनाल

प्रकाशित मिति: सोमवार, माघ ३, २०७३