मङ्लबार, बैशाख २५, २०८१

संक्रान्तिमा जन्मघर मै राज्यमन्त्रीलाई वेवास्ता

काठमाडौं, माघ । कृषि विकास राज्यमन्त्री राधिका तामाङलाई आफ्नै गृह जिल्लामा वेवास्ता गरिएपछि राज्यमन्त्री तामाङ इन्तु न चिन्तु भएरफर्केकी छिन् । mantri-radhika-tamang-2कुनै पनि कार्यक्रम हुंदा आफ्नो जिल्लालाई विशेष प्राथमिकतामा राख्ने गरकी तामाङलाई माघे संक्रान्तिका दिन नुवाकोटमा मनाईने गोरु जुधाई कार्यक्रममा भने आयोजकले वीच बाटामा नै अलपत्र पारिदिएपछि उनी काठमाडौं फर्केकी थिएन । राज्यमन्त्रीलाई कार्यक्रममा बोलाएपछि कार्यक्रममा सहभागी नभई वीच बाटोबाटै फर्किनु परेको यो पहिलो पटक हो । आफ्नै जन्मको जिल्लामा कृषि राज्यमन्त्रीमाथि यसरी अन्याय गर्नुलाई नुवाकोट माओवादी केन्द्रले राजनीतिक रङ लगाएको छ । आयोजनकले नेपाली कांग्रेस र एमालेका सांसद कार्यक्रम स्थलमा पु¥याएको भएपनि माओवादी केन्द्रकी राज्यमन्त्री तामाङलाई भने वीचबाटामा नै घण्टौं कुराएर आयोजकले वेवास्ता गरेको आरोप लगाइएको छ ।

प्रकाशित मिति: आइतवार, माघ २, २०७३