बिहिबार, बैशाख २०, २०८१

पशु चिकित्सा परिषद्का पदाधिकारी निर्विरोध

काठमाडौ, माघ । नेपाल पशु चिकित्सा परिषद्को पाँचौ कार्यकारिणी समितिका पदाधिकारीहरु आपसी सहमतिबाटै निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित परिषद्को उपाध्यक्षमा डा. रामकृष्ण खतिवडा र डा. सुविर सिंह छन् । NVC
त्यसैगरी परिषद्का लागि आवश्यक ५ जना सदस्यहरु प्नि क्रमश डा. हरि प्रसाद सुवाल, डा. सम्झना कुमारी काप्mले, डा. शिशिर भण्डारी, डा. नारायण न्यौपाने र डा. नरेश प्रसाद जोशी निर्विरोध निर्वाचित भएका हुन् । परिषद्का अध्यक्ष एक जना र दुई जना मनोनित हुने व्यवस्था भए अनुसार अध्यक्ष डा. धनराज रताला र सदस्यद्वय डा. सिताराम अर्याल र डा. रेवतीमान श्रेष्ठ कार्यरत रहनु भएको छ ।

नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक, २०७२ मा योग्यता नपुगेको व्यक्ति पनि परिषद्मा सदस्य रहने अत्यन्त त्रुटीपूर्ण व्यवस्था सहित संसदको कृषि तथा जलश्रोत समितिमा छलफल भैरहेको सन्दर्भमा पशु चिकित्सा व्यवसायलाई मर्यादित र व्यवस्थि तगर्न वर्तमान परिषद्को विशेष भूमिका रहने बताइएको छ ।

प्रकाशित मिति: सोमवार, माघ ३, २०७३