शनिबार, बैशाख २२, २०८१

आर्थिक अनियमिततामा मन्त्रालयको बचाउ

अनुदान दुरुपयोग फलो अप :

काठमाडौं, पौष । कृषि विकास मन्त्रालयले गत आर्थिक बर्षको उपलब्ध गराएको पाँच करोड पच्चीस लाख कामै नगनरी निकासा लिन खोजेका कारण कृषि अनलाईनको समाचार प्रभावकै कारण तीन करोड रुपैयां रोएिको थियो । तीन करोड रोकिएपनि चालु आर्थिक बर्षमा पनि शक्तिको दुरुपयोग गर्दै फ्लोरिकल्चर एशोसिएसन नेपालले कृषि विकास मन्त्रालयलाई चालु आर्थिक बर्षमा पनि ४ करोड ७४ लाख १० हजार रुपैयाँ बजेट विनियोजन गर्नका लागि दवाव दियो फलस्वरुप बजेट स्वीकृत गर्न सफल भएको थियो । neww-fan
त्यही बजेट मध्येबाट चौमासिक रुपमा काम नै नगरी ९० लाख निकासा भएको सम्वन्धी समाचार कृषि अनलाईनमा प्रकाशन पश्चात सो समाचार प्रकाशन नगर्न फ्लोरिकल्चर एशोसिएसन नेपालका पदाधिकारीहरुबाट दवाव आउन थालेको छ । तर कृषि विकास मन्त्रालयबाट (राज्यको ढुकुटी) लगेको अनुदान दुरुपयोग रोक्ने अभियानमा कृषि अनलाईन कसैको दवावमा पनि पछि पर्ने छैन । त्यही फलस्वरुप फ्लोरिकल्चर एशोसिएसन नेपालले लिएको ९० लाख रुपैयांको फेहरिस्ता प्रकाशन गर्न फलो अप समाचारका क्रममा जुटेको छ ।
फ्लोरिकल्चर एशोसिएसन नेपालले लिएर गएको अनुदानको रकम बालुवामा पानी बराबर हुंदा पनि कृषि विकास मन्त्रालयका उच्च अधिकारीहरु नै त्यसको ढाकछोप गर्न तर्फ लागेका छन् । एकले अर्कालाई देखाएर निकासा भएको रकमको बारेमा बोल्न तयार देखिंदैनन् । तर अधिकांश कर्मचारी सो अनुदान उपलब्ध गराएको विषयमा भने रोष व्यक्त गर्दै आईरहेका छन् । फ्लोरिकल्चर एशोसिएसन नेपालको मात्र होइन अन्य संस्थालाई व्यवसाय प्रवद्र्धन गर्ने नाममा अनावश्यक रुपमा रकम वितरण गरिनु किसानमाथि अन्याय गरेको नाम नबताउने शर्तमा कृषि विकास मन्त्रालयका कर्मचारी बताउंछन् ।
फ्लोरिकल्चर एशोसिएसन नेपालले काम नै नगरी रकम निकासा लगेको विषयमा कृषि विकास मन्त्रालयका सहसचिव एवं खाद्य सुरक्षा, कृषि व्यवसाय प्रवद्र्धन तथा वातावरण महाशाखाका प्रमुख लेखनाथ आचार्यले करीव २० प्रतिशत रकम पेश्की स्वरुप दिएको बताए । उनले फ्लोरिकल्चर एशोसिएसन नेपालको बचाउ गर्दै रकम निकास भएपछि पक्कै पनि काम देखिने बताए । व्यवसायीहरुको संस्थालाई राज्यको कोषबाट दिएको करोडौं रुपैयां मनोमानीसंग बैठक खर्चका नाममा विदेशीलाई प्रशिक्षकका नेपाल घुमाउने र आफै पनि नेदरल्याण्ड घुम्ने प्रयोजन भएको नाम नबताउने शर्तमा एशोसिएसनकै पदाधिकारीहरुले बताए । यसमा मन्त्रालयका उच्च अधिकारीहरुको समेत संलग्नता छ भन्दै उनकी उम्कन खोजे । तर मन्त्रालयको को कर्मचारी संलग्न छ भन्ने कुरा खुलाउन चाहेनन् ।
मन्त्रालयको सहसचिव लेखनाथ आचार्यले भने जस्तै व्यापारीहरुलाई अनुदानका रुपमा करोडौं रुपैयां पेश्की दिने तर नेपाली किसानहरु जसले पुष्प उत्पादन गरिरहेका छन् उनीहरुले राज्यकोषबाट के पाए प्रश्न चिन्ह उब्जिएको छ । बजेट बनाउंदादेखि निकासीसम्मका समयमा कृषि विकास मन्त्रालय, राष्ट्रिय योजना आयोगलसम्मले जिम्मेवारी लिनु पर्दछ ।
फ्लोरिकल्चर एशोसिएसन नेपाललाई उपलब्ध गराएको राज्यको ढुकुटी नीतिगत रुपमा दुरुपयोग हो भन्नेमा कृषि विकास मन्त्रालयकै केही उच्च अधिकारीहरु स्वीकार गर्दछन् । एशोसिएसन मात्र होइन कृषि विकास मन्त्रालयले यसरी व्यवसायीहरुको व्यक्तिगत लाभका लागि उपलब्ध गराइएका अन्य अनुदानमा पनि सर्तकता केन्द्र अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो सरोकारवाला निकायले ध्यान पु¥याउनु आवश्यक छ । विगतका बर्षमा जस्तै आगामी बर्षमा पनि कृषि विकास मन्त्रालयले यसैगरी बालुवामा पानी खन्याउने नाममा बजेटको तयारी गर्ने सम्भावना देखिएको छ । सरोकारवाला निकायले बजेट निर्माणका समयमा नै ध्यान दिनु उपयुक्त होला ? राज्यको ढुकुटीबाट कृषिमा दिएको अनुदान दुरुपयोग रोक्ने अभियानमा कृषि अनलाईनको खोजी जारी रहने छ ।– धिरेन्द्र बस्नेत

प्रकाशित मिति: शनिबार, पुस २३, २०७३