आइतवार, बैशाख १६, २०८१

रुपन्देहीमा ८० लाख अन्डा उत्पादन

रूपन्देही, पौष । रुपन्देही जिल्लामा अण्डाको उत्पादन बृद्धि हुंदै गएको छ । जिल्ला पशुसेवा कार्यालय रुपन्देहीका पशु चिकित्सक डा प्रदीप पौडेलका अनुसार आव २०७१÷७२ मा जिल्लामा ५८ लाख ५९ हजार अन्डा उत्पादन भएकामा आव २०७२÷७३ मा ९१ लाख २० हजार अन्डा उत्पादन भएको थियो । चालु आवमा एक करोड ८० लाख अन्डा उत्पादन गर्ने लक्ष्य रहेको पौडेलले बताए । egg
जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा विनय कर्ण अन्डा, मासु र दूधमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गर्दैआएको बताए
जिल्लामा कुखुरापालन व्यवसाय फस्टाउँदै गर्दा अन्डाका लागि लेयर्स जातका कुखुरा पाल्ने क्रम समेत बढेको छ । बिक्रीको लागि यहाँ बजारको समस्या छैन् । हालसम्म जिल्लामा करिब ५०० कुखुरा फर्म दर्ता छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७३